काठमाडौँ ,फागुन २४ गतेमहिलाका नाममा घरको नक्सा पास गर्दा निश्चित छुट दिने प्रस्ताव नगर सभामा लैजाने कार्यवाहक प्रमुख डंगोलको भनाइ
‘पावर इन एक्सन : हर टाइम इज नाउ’ शीर्षकमा अन्तरसंवाद : महिलाको सामर्थ्य कम आँकलन गर्ने सोच छोड्नु पर्नेमा वक्ताको जोड
विभिन्न क्षेत्रको नेतृत्वमा रहनुभएका महिलाहरुका नेतृत्व यात्राका उतारचढाव, सिकाइ र भोगाइ सुन्न अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको हो ।
औपचारिक प्रणालीको नेतृत्व गर्दाका अनुभव संस्थागत नेतृत्वमा रहनु भएका व्यक्तित्वबाट प्रस्तुत भएका थिए । समाजका औपचारिक तथा अनौपचारिक संयन्त्रको नेतृत्व गर्नेहरुले समुदायगत नेतृत्वको अनुभूति सुनाउनु भएको थियो । प्रशासन, कानुन, समाज, उद्यम, उद्योग तथा वाणिज्य, नवप्रवर्तन, हक अधिकार, लैङ्गिक उत्तरदायी सहर, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरण, उद्यमशीलताबाट महिलाहरुको आर्थिक सशक्तिकरण, सूचना प्रविधिका अवसर, व्यक्तित्व विकास, समतामूलक समाज निर्माणका आयामका विषयमा राज्य प्रणालीको उपल्लो ओहदादेखि सामान्य जीवनयापनका पद्धतिसम्मका सृङ्खला समेटिएको थियो ।स्रोत :काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

