पोखरा ,असार २० गते
नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा पोखरा महानगरपालिका र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रवर्द्धनमा पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवम् कफी कपिङ च्याम्पियनसिप सम्पन्न भएको छ । कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा कफी उत्पादनका क्षेत्रमा क्रियाशील उद्यमीहरू, कृषकहरू र कृषि सहकारीहरूको प्रतिनिधिमूलक सहभागिता रहेको थियो । कृषकहरूले पोखरा महानगर क्षेत्रमा करिब ४५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्ने गरेका छन् । आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरामा बर्सेनि करिब १५ टन कपि उत्पादन हुने गरेको छ ।
कपि कृषकहरूलाई प्रोत्साहनका लागि महानगरपालिकाको तर्फबाट कम्तीमा १ सय बोट कपि रोप्नेहरूलाई प्रति बोट रु.५० प्रदान गर्ने कार्यक्रम अन्तर्गत १० हजार बिरुवा लगाइएका छन् । महानगरपालिकाले कृषकहरूलाई कफी प्याकेजिङमा सहयोग गरेको छ भने, पोखरामा करिब १५ सयको हाराहारीमा कपि क्याफे तथा सपहरु सञ्चालनमा रहेका छन् ।
नगर प्रमुख धनराज आचार्यले कपि खेतीको व्यावसायिक विकासका लागि कृषकहरूलाई बीउ तथा बिरुवामा अनुदान प्रोत्साहन लगायत बजारीकरणमा समेत आवश्यक सहयोग तथा समन्वय गरिएको बताउनुभयो । कपि क्याफेहरू सञ्चालनका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले व्यवसाय प्रवर्द्धन केन्द्र मार्फत वारिष्टा लगायतको सीप विकासका तालिम कार्यहरू समेत सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
महानगरपालिका कृषकहरूको साथमा रहेको विश्वास दिलाउँदै उहाँले बाँझो जमिन तथा बाँदरहरूले क्षति पुर्याउने क्षेत्रमा यसको खेती गर्न कृषकहरूलाई आह्वान समेत गर्नुभयो । खेतीयोग्य जमिनहरू बाँझो बस्ने समस्या बढिरहेको उल्लेख गर्दै उहाँले यसलाई उपयोग गर्ने उपयुक्त बालीका रूपमा कपि खेतीको विस्तार गर्न सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा कपि कपिङमा उत्कृष्टता हासिल गर्ने कपि उद्यमी तथा कृषकहरूलाई नगद सहित सम्मान समेत प्रदान गरिएको छ ।स्रोत :पोखरा महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0