काठमाडौं, फागुन २० गते
मिति २०८१/११/१९ गते १४:५० बजे इलाका प्रहरी कार्यालय
फर्पिङबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं दक्षिणकाली
नगरपालिका वडा नं. ५ स्थित फर्पिङ चेकपोष्टमा बाराको कलैयाबाट
काठमाडौं आउदै गरेको यात्रुवाहक टाटा सुमो जिपलाई रोकी चेकजाँच
गर्ने क्रममा उक्त जिपमा सवार जिल्ला बारा कलैया उ.म.न.पा. वडा
नं.११ घोघलडिया बस्ने वर्ष २६ का सम्साद आलमले बोकेको झोलाबाट
तपसिल बमोजिमका ४५० एम्पुल प्रतिबन्धित लागु औषध फेला पारी
उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिईएकोमा सम्मानित
काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति
प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
पक्राउ परेका प्रतिवादी:
१. जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं. ११ घोघलडिया बस्ने वर्ष
२६ का सम्साद आलम ।
बरामद प्रतिबन्धित लागु औषध:
१. DIAZEPAM – १५० एम्पुल
२. NOOPHIN – १५० एम्पुल
३. PHENERGAN – १५० एम्पुल

