पोखरा ,फागुन २० गते

पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञ रोक्न भन्दै विभिन्न स्थानमा परिपत्र गरेपश्चात श्री मानव सेवा फाउण्डेसन, नेपालले उच्च अदालतमा अन्तरिम आदेशको माग गरी रिट निवेदन दिएकोमा गत मिति २०८१ फाल्गनु महिनाको १ गतेका दिन सम्मानित उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरी कोटिहोम नरोक्नु/नरोकाउनु भनी आदेश दिए सँगै उक्त कोटिहोम ज्ञान महायज्ञलाई रोक्न र अन्तरिम आदेश खारेज गरिपाउँ भनी पोखरा महानगरपालिका पुनः उक्त आदेशको विरुद्धमा अन्तरिम आदेशको खारेजीको माग गर्दै भ्याकेट निवेदन दिए पश्चात आज मिति २०८१ फाल्गुन १९ गते पेशी चढी संयुक्त इजलासले उक्त अन्तरिम आदेशलाई खारेज गर्नु नपर्ने भन्दै सोही आदेशलाई निरन्तरता दिने आदेश दिएको छ । सँगसँगै ऐतिहासिक कोटिहोम महायज्ञ सोही मिति, स्थान र समयमै हुने कुरा निश्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0