
पोखरा ,असार १५ गते
पोखरा महानगरपालिका वडा नं.३० मैदि ताल परिसरमा राष्ट्रिय धान दिवस तथा लेखनाथ रोपाई महोत्सव २०८२ सम्पन्न भएको छ । महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।
वडा कृषि सञ्जाल पोखरा ३० र वडा कार्यालयको आयोजना तथा वडामा क्रियाशील विभिन्न संघसंस्थाहरुको सह आयोजनामा आयोजित महोत्सवमा उत्कृष्ट कृषकहरूलाई सम्मान सहित विभिन्न प्रतियोगिताहरू समेत सम्पन्न भएका छन् ।
सो अवसरमा नगर प्रमुख आचार्यले पोखरा महानगरपालिका कृषि उत्पादनका हिसाबले निकै महत्त्वपूर्ण भएकाले यसका विभिन्न क्षेत्रहरूलाई उत्पादनमूलक कार्यक्रमहरूमा केन्द्रित गरिएको बताउनुभयो । एक वडा एक उत्पादन र एक वडा एक विशेष कार्यक्रमका साथ वर्षै भरि महानगरपालिकालाई उत्पादन र उत्सवमय बनाइने उहाँले बताउनुभयो ।
यसका साथै आजै पोखरा महानगरपालिकाको वडा नं.१५, वडा नं.१७, वडा नं.२५, वडा नं.२६ लगायतका स्थानहरूमा रोपाई मेला सम्पन्न भएका छन् । स्रोत :पोखरा महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

