पोखरा ,चैत्र १८ गते

संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको हैसियतमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता बालेन्द्र साह (बालेन)लाई ४३ औं प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । प्रधानमन्त्री बालेन्द्र शाह ले प्रधानमन्त्री को सपथ खाएपछी १५ मन्त्रिमण्डल गठन भएको थियो, त्यस लगतै उहाँले ११ जना सल्लाहकार तोक्नु भएको छ। १ कुमार व्यन्जनकार मुख्य सल्लाहकार ,२ असिम शाह राजनीतिक सल्लाहकार ,३ सुदिप ढकाल नीति प्रशासन तथा सुसान सल्लाहकार,४ विवेक मिश्र सूचना तथा संचार प्रविधि सल्लाहकार , ५ सुवास शर्मा प्रमुख स्वकीय सचिव सल्लाहकार ,६ नविन भण्डारी स्वकीय सचिव सल्लाहकार,७ सन्जिब पाण्डे स्वकीय सह सचिव सल्लाहकार ,८ विशाल अधिकारि स्वकीय उप सचिव सल्लाहकार ,९ प्रकृति ढकाल स्वकीय उप सचिव सल्लाहकार,१० विनय शाक्य स्वकीय तथा शाखा अधिकृत (फोटोग्राफर ) सल्लाहकार , र ११ सुरेन्द्र बजगाईं स्वकीय तथा शाखा अधिकृत(प्रेस सहजकर्ता ) सल्लाहकार को भूमिका निभाउनुहुने भएका छन्। सल्लाहकार राख्नुको मुख्य उद्देश्य भनेको सही निर्णय लिन, नीति सुधार गर्न र देशको विकासलाई प्रभावकारी बनाउनु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0