काठमाडौँ, चैत्र ,१७ गते

हजयात्रीहरुको नामावली सहितको उडान तालिका सार्वजानिक भएको छ।

प्रस्तुत विषयमा सन् २०२६ को हजका लागि नेपाललाई प्राप्त कूल १२०० कोटामा नेपाल हज समितिले हज गर्न इच्छुक नेपाली मुस्लिम धर्मावलम्बीहरूलाई आवेदन गर्न गरेको सूचना बमोजिम आवेदन गर्ने कूल १२५६ जना मध्ये प्राथमिकताको आधारमा छनौट हुनु भएका १२०० जना आवेदकहरूको नामावली सहितको उडान तालिका संलग्न सूची बमोजिम प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । हजयात्रीले साउदी अरब प्रस्थान गर्नु अघि आवश्यक खोप लगाउन, भिसा एवम् हवाई टिकट लिनका लागि उडान तालिका बमोजिम आफ्नो उडान मितिको २ (दुई) दिन अगाडि पञ्च काश्मिरी तकिया मस्जिद, दरवारमार्ग, काठमाडौँमा सम्पर्क गर्नुहुन सूचित गरिन्छ । साथै हजमा जान छनौटमा पर्नु भएका आवेदकहरूले नेपाल हज समितिको मिति २०८२ फागुन १ गते गोरखापत्रमा प्रकाशित सूचना बमोजिम कुर्बानी वापतको रकम प्रति व्यक्ति ७२०SAR (ने.रु.२७,९२२) हाल सम्म बुझाउन बाँकी रहेका आवेदकहरूले यथाशीघ्र तोकिएको बैंकमा रकम बुझाई भौचरको फोटो नेपाल हज समितिको इमेल ठेगाना nepalhaj@gmail.com मा पठाउनुहुन समेत पुनः सूचित गरिन्छ ।
(मोख्तार अहमद)
अध्यक्ष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0