मिति २०८१।११।०८ गते अं.०७:३० बजेको समयमा जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं.१४ खाल्टे मसिना स्थित लु २ च १५०९ नं. को बोलेरो जिपमा
लागू औषध ओसारपसार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय
कास्की, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय
रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले ऐ. १४ स्थित मंगलम कृषी फर्म प्रा.लि.को
कम्पाउण्ड भित्र पार्किङ गर्दै गरेको अवस्थामा उक्त जिप फेला पारी चेकजाँच गर्दा लुकाई
छिपाई राखेको लागू औषध डाईजेपाम- २६४ एम्पुल, बुर्फिननुर्फिन- २६३ एम्पुल र
फेनारगन- २६५ एम्पुल गरी जम्मा ७९२ एम्पुल लागू औषध र मोबाईल- ५ थान बरामद
भएको हुँदा उक्त लु २ च १५०९ नं. को बोलेरो जिप सहित चालक जिल्ला नवलपरासी
पाल्हीनन्दन गा.पा. वडा नं. ६ बस्ने बर्ष ३७ को राजेश सैथवार, सोही जिपमा सवार ऐ.ऐ.
रामग्राम न.पा. वडा नं.१२ बस्ने बर्ष २८ को संसद अन्सारी र ऐ.ऐ. सरावल गा.पा. वडा नं.
२ बस्ने बर्ष २४ को प्रेम सागर यादवलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला
अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया
अगाडी बढाईएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0