पोखरा,  माघ १९ गते ।
मेरो विजयी को सुरुवात  वडा न २१ बाट हुनेछ :माधव प्रसाद बाँस्तोला “मधु”
प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस कास्की क्षेत्र नं २  अन्तर्गत  पोखरा–२१  पर्ने शिवालय मा   कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बाँस्तोला “मधु” ले  पार्टी कार्यलय मै  सोमबार  चुनाव प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्दघाटन गरेका छन । उक्त सम्पर्क कार्यालयमा   वडा न २१ का इकाई समिति का उप सभापति भोज राज पौडेल ले विशेष अवस्था मा पनि अकल्पनीय निर्वाचन हुँदै छ । यो निर्वाचन मा हामी प्रतिनिधि , समर्थक र सुभेच्छुकहरुले कत्ति पनि भोट हाल्न र टोल टाेल मा मत माग्न जादा कन्जुस्याइँ गर्न नहुने बताउनु भएको थियो । गत निर्वाचन मा हामिले जित्न सकेनौ , त्यसमा केही कमजोरी हुन सक्छ , किन निर्वाचन हामीले हार्यौ, त्यसमा विचार गरि अब आउने निर्वाचन मा टाेल टाेल मा गएर मानिसहरुको मन जित्न सक्नु पर्छ ।
यो एक महिना को समय भित्र एकता बद्द भएर  माधव प्रसाद बाँस्तोला “मधु” लाई अत्याधिक बहुमत ल्याइ विजयी गराउनु पर्ने जोड दिनु भएको थियो । कार्य समिति सद्स्य चेतन सिंह गिरि ले अहिलेको परिस्थिति मा हाम्रो मेन लडाइ भनेको रास्वपा सङ्ग हो।हामी आ आफ्नो ठाँउ मा विस्वसनिय बनौं , हामिले जति सक्दो अरुको मन जित्ने कोसिस गरौं , कम्तीमा पनि १०,२० जना बाट कन्मिसन  गर्ने सुरु  गरौं , अहिलेको हाम्रो उम्मेद्बावार कुनैपनी दाग नलागेको हुनुहुन्छ । उहाँलाई जिताउन हामी सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भएको थियो ।नगर समिति सद्स्य उदय राज पौडेल ले अहिले हामी सच्चीएका छौँ , हामी अहिले शुद्ध पिउने पानी जस्तो भएका छौँ , अहिलेको ठुलो शक्ति भनेको सामाजिक सन्जाल नै हो ।हामी डराउनु पर्ने अबस्था छैन , हामिले अहिले माधव बास्तोला लाई मात्रै जिताउने अभियान होइन , हामी समग्र नेपालि काङ्ग्रेस लाई नै जिताउने अभियान मा लाग्नु पर्ने छ। हाम्रा प्रतिस्प्रधी लाई आफ्नो पक्षमा ल्याउने कोसिस आजै बाट जारी राखौं , त्यसैले बल पुर्व exercises गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
क्षेत्रीय सद्स्य दुर्गा थापा ले यस्तो कठिन परिस्थितिमा पनि निर्वाचन भएको हुँदा हामिलाइ खुशी लागेको छ , काङ्ग्रेस को नेतृत्व सङ्गै हामी पनि होमिएका छौँ , हिजो को दिनमा जस्तो भए पनि हामी एकता बद्द भएर मत माग्न का लागि खटिनु पर्ने बेला आएको छ , हाम्रो यो वडा न २१ जहिलै नि पछि पर्नु का कारण भनेकै हाम्रो रिस गर्ने बानी ले हो , त्यसैले हामी सुध्रिनु जरुरी छ ,कम्निसट हरु  घर दैलो गर्दै हिडन थालेका छ्न , युवाको लहर घण्टी घण्टी भनेर हिडेका छन , यस्तो अवस्था मा हाम्रो एजेन्डा लाई बलियो सङ्ग बोकेर , प्रतिस्प्रधिहरुको कुरा मा तपाईंहरु नलाग्नुहोला भनेर , हाम्रो पार्टी नै विश्वसनीय पार्टी हो भनेर हामी सबै एक जुट भइ लाग्नु पर्ने मा जोड दिनुभएको थियो । क्षेत्रिय सदस्य इन्द्र बहादुर खत्री ले हामी कमजो्र होइन , अहिलेको नेपाली काङ्ग्रेस साथीहरू सबै strong हुनुहुन्छ ।आजको स्थितिमा काङ्ग्रेस सुध्रिएको छ ।नयाँ नेतृत्व ल्याउन नेपाली काङ्ग्रेस एकताबद्द भएर अघि बढेको छ ।यो वडा न २१ मा एमाले ले जित हासिल गरेको छ, हामी पछि नै परेका छौं , एमाले!ले  ४,५ पटक जिते पनि अब जित्न सक्दैन , अब नेपाली काङ्ग्रेस लाई जिताउनु पर्छ भनी बताउनु भएको थियो ।
ने विसंघ का अध्यक्ष संजय आले ले फागुन २१ गते को निर्वाचन भनेको युद्ध जिते जस्तै हो , सबै जना परिपक्क रुपमा लोकतान्त्र को रक्षाको लागि सबै जना खटिनु पर्ने बेला आएको छ ।युवाहरुले मात्रै देश परिवर्तन गर्न सक्दैनन् त्यसमा अग्र्जहरुको भुमिका लाई आत्मसात गरि अगि बढनु पर्छ , अग्रज हरुको शिकाइ बाट हामिले सिक्ने हो, त्यसैले यो पटक नेपाली काङ्ग्रेस लाई जसरी नि जिताउने प्रयास मा लाग्नु पर्ने धारण व्यक्त गर्नु भएको थियो ।क्षेत्रीय प्रतिनिधि दीपेन्द्र राज आचार्य ले सुध्रिएको काङ्ग्रेस लाई जिताउन का लागि कुनै पार्टी सङ्ग डर नमानी मत माग्नु पर्छ , हामिलाइ अहिले एमाले को भन्दा बढि घण्टी को डर छ , यो वडा न २१ मा घण्टी बढि भएकोले , पहिलाको जस्तो असहज पनि नभएको ले सुध्रिको काङ्ग्रेस एक भएर अघि बढन सकियो भने नेपाली काङ्ग्रेस को जित सुनिश्चित हुने बताउनु भएको थियो ।
महाधिवेशन प्रतिनिधि विजय राज आचार्य ले नेपाली काङ्ग्रेस को विजयिको यात्रा वडा न २१ बाट शुरुआत हुने छ , प्रतिनिधि सभा का उम्मेद्बावार माधव प्रसाद बास्तोला( मधु) भनेको यौटा शिक्षित परिवार बाट हुर्कीएका व्यक्तित्व हुनुहुन्छ ! उहाँ मा जोस जागर , पार्टीलाई अग्रपंक्तिमा उभ्याउन सक्ने क्षमतावान व्यक्तित्व हुनु भएकोले उहाँलाई जिताउन आवश्यक रहेको बताउनु भएको थियो , तसर्थ मधु ले  जित्नु भनेको भावी प्रधानमन्त्री गगन कुमार थापा ले जित्नु हो  भनी बताउनु भएको थियो ।प्रा डा: राम चन्द्र पौडेल ले जित्न का लागि अधार पाउनु पर्यो , हाम्रो क्षेत्रको सबैभन्दा कमजोर क्षेत्र भनेकै वडा न २१ नै हो । त्यस कारण हामी सबै वडा , टाेल टाेल मा जाऔ , सबैभन्दा तरल मत वडा न २१ मै छ ।वडा न १७ मा हामिले झिनो मतले हारेका थियौ , पहिला हाम्रा मत कति थियो , अहिले कसरी मत बढि ल्याउन सकिन्छ ? त्यस्ता प्रभाव लाई कसरी चिर्न सकिन्छ ? अहिले वडा न ३३ मा  नेपाली काङ्ग्रेस को मत बढि छ , चुनावी शैली लाई हामिले रुपान्तरण गर्न शिक्नु पर्छ , हाम्रो पार्टी ले जित्न का लागि ११ वटा इकाई  बाट नै   जित्नु पर्छ भनी बताउनु भएको थियो ।
महा समिति सद्स्य  विरेन्द्रमान विजुक्छे ले माधव प्रसाद बास्तोला उम्मेद्बावार उठनु नै हाम्रो जित हो ।त्यो नै विजयी को शुरूवात हो । कास्की क्षेत्र न २ बाट माधव प्रसाद बास्तोलाले टिकट पाउनु भनेकै अन्य दलहरु को अन्त्य हुनु हो । उहाँ राजिनितिक क्रियाकलाप मा कहिलै नथाक्ने उम्मेद्बावार हो ।उहाँको उम्मेद्बारि नै हाम्रो साझा उम्मेद्बावारि हो ।अहिले नेपाली काङ्ग्रेस नयाँ नयाँ सोच लिएर आएको छ । त्यसैले अबको ३०,३२ दिन हामी सबै भरपूर्ण भएर घर दैलो अभियान मा लाग्नु पर्छ । यसपटक पनि हामिले हार्यौ भने एक जुग हामी पछि पर्ने छौँ , तसर्थ कहिलै नझुक्ने , कहिलै नथाक्ने , स्पष्ट अडान लिन सक्ने , भिजन व्यक्तित्व माधव प्रसाद बास्तोला ( मधु) लाई अत्याधिक मत दिई  जिताउने अभियान मा लागौं भनि बताउनु भएको थियो । क्षेत्रीय सभापति केसर प्रसाद निर्दोशि ले काङ्ग्रेस ले मात्रै नीति परिवर्तन गर्न सक्छ ।माधव प्रसाद बास्तोला (मधु) लाई तल बाट जिताइ माथी गगन कुमार थापा लाई जिताएर देशको मुहार फेर्न सक्ने क्षमता राख्नु पर्दछ , तसर्थ हामिले कत्ती पनि नहिचहिच्काइकन मत लिन को लागि नरम भएर , पार्टीको उम्मेद्बावार को क्षमता लाई अघि सारेर हिडनु पर्ने बेला आएको बताउनु भएको थियो । प्रमुख अतिथी तथा कास्की निर्वाचन क्षेत्र नं २  नेपाली काङ्ग्रेस   प्रतिनिधि सभाका   उम्मेद्बावार माधव प्रसाद बास्तोला( मधु) ले भदौ २३ र २४ गतेको आन्दोलन पछि देश गम्भीर मोड मा पुगेको छ ।
यस्तो परिस्थिति मा सरकारले निर्वाचन बाट मात्रै देश लाई निकास दिन सकिन्छ भनेर निर्वाचन गर्न लागेको हो , अहिलेको  निर्वाचन मा हाम्रो पार्टी बदलिएर आएको छ , जनता का आशाहरु लाई मर्न दिन हुन्न , जेन जि हरुले उठाएका मागहरु लाई सम्बोधन गर्न , र देशमा स्थरता कायम गर्न का लागि हाम्रो पार्टी , नेपाली काङ्ग्रेस ले हामी जस्तो व्यक्तित्व उठाएको हो । हाम्रो काधमा जेन जि युवाहरु को असुन्तिस्टि  लाई मध्यनजर गर्दै यो एक महिना भित्र यहीँ बसेर यहाँ को तरल मतलाई जोगाइदिनु पर्ने बताउनु भएको थियो। उहाँले यश वडा न २१ को विकास नहुनुको कारण भनेकै रुख चिन्ह मा भोट नहालेर नै हो । तपाईंहरुले आजकै दिन देखि जनता सङ्ग  मत  लिनुहोस , अबस्य हाम्रो पार्टी को जित हुनेनै छ । सरकारले राज्य संरचना गर्ने बेला मा पोखरा लाई दु:ख दिएकै हो , मेरो उम्मेद्बारी को कारण भनेकै सदन बाट बुलन्द आवज दिनु हो ।जेन जि हरुको मागलाई सम्बोधन गर्नु हो ।
यहाँहरुको आफन्तजन विदेश मा हुनुहुन्छ भने , कोहि नेपाल मै हुनुहुन्छ भने , उहाँहरु आउन इच्छुक हुनु भएको छ भने त्यो वातावरण सिर्जना गर्नुहोस, असक्तहरुलाइ भोट हाल्न सिकाउनुहोस , आफ्नो टाेल मा के कति ले रुख चिन्ह मा भोट हाल्ने छ्न त्यसको एजेन्ट भएर काम गर्नुहोस , मतदाताहरु सङ्ग नरिसाइ नरम बोली मा मत माग्नुहोस, तपाईंहरुरुलाइ  के सहयोग गर्नुपर्छ , अवस्य पूरा गरेरै छाड्ने छु, तपाईंहरुको शिर निउराउने काम कहिलै गर्दिन , तपाईंहरु एकताको साथ घर दैलो अभियान मा जुटि नेपाली काङ्ग्रेस पार्टी लाई अत्याधिक मत लाई विजयी गराउन  माधव प्रसाद बाँस्तोला “मधु ले आग्रह समेत गर्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0