
काठमाडौँ,माघ २२ गते
काठमाडौँ महानगरपालिका ले ८ वटा सहकारी संस्थालाई बहालमा लिएका घर कोठा खाली गर्न आदेश दिएको छ ।
काठमाडौँ महानगरपालिका, न्यायिक समितिबाट घर/कोठा खाली गर्ने भनी भएका निर्णयहरूमध्ये सहकारी सङ्ङ्घ संस्थाले बहालमा लिएका घर कोठा खाली गर्ने सम्बन्धी मिति २०८२/१०/१५ मा निर्णय कार्यान्वयन समितिको बैठकमा भएको निर्णय अनुसार यो सूचना प्रकाशन गरिएको छ । अतः तपसिलमा उल्लिखित विवरण भएका सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति/लेखा सुपरिवेक्षण समिति) कर्मचारी तथा संस्थाका सदस्यहरूले यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्रमा काठमाडौँ महानगरपालिका, कानून तथा मानव अधिकार विभागमा सम्पर्क गर्नुहोला । तोकिएको समयभित्र सहकारी संस्थाका पदाधिकारी/कर्मचारी/सदस्य सम्पर्कमा नआएमा सहकारीले बहालमा लिएक्की घर कोठा न्यायिक समितिको निर्णयानुसार खाली गरिनेछ । उक्त घर कोठा खाली गर्दा सहकारी कार्यालयका सामानहरू सम्बद घरधनीको जिम्मामा दिइनेछ । पछि सहकारीका सम्पति , सर सामान सम्बन्धमा कुनै दावी विरोध नलाग्ने व्यहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ ।स्रोत:काठमाडौँ महानगरपालिका
१.आशा बचत तथा ऋण सहकारी संस्था लि., का.म.पा. ३१
२. नव सवल सहकारी/सन्दुप सहकारी, का.म.पा. ६
३. युनिफाईड बचत तथा ऋण सहकारी संस्था. का.म.पा. १७
४. महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लि., का.म.पा. २२
५. ग्रेट गंगासागर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, का.म.पा. ३२
६. सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, का.म.पा. ६
७. प्रारम्भिक बचत तथा ऋण सहकारी लि. का.म.पा. ३२
८. ग्रेट गंगासागर वचत तथा ऋण सहकारी संस्था लिमिटेड. का.म.पा. १० रहेका छ्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

