
काठमाडौँ,माघ २३ गते
बागदरबारको रेक्टोफिट योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत बलियोपनालाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्देशन दिनुभएको छ । योजना अनुगमन समितिका संयोजक एवं कार्यवाहक प्रमुख डंगोलले सवलीकरण योजनाको अनुगमन गर्दै आज निर्माणका हरेक प्रक्रियालाई सुक्ष्म निगरानी गर्न सार्वजनिक निर्माण विभागका अधिकारीहरुलाई निर्देशन दिनुभएको हो । कमलपोखरीको अनुगमनमा क्रममा उहाँले, सूचना प्रविधि विभागलाई सीसीटिभी क्यामरा जडान गर्न, वातावरण व्यवस्थापन विभागलाई सरसफाइ र स्वच्छता कायम गराउन, उद्यान तथा हरियाली प्रवर्धन आयोजनालाई विरुवा तथा फूल रोपेर सुन्दर बनाउन निर्देशन दिँदै, पोखरी वरिपरि भएका निकाय तथा संघसंस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरीको स्वच्छता, सरसफाइ र सुन्दरता बनाउने योजना निर्माण गर्न सकिने बताउनुभयो ।स्रोत metronews.kathmandu

