पोखरा ,जेठ ७ गते

मत्स्य अनुसान्धन केन्द्र बेगनास पोखरा, कास्की को आयोजना मा “मोति खेती” सम्बन्धि कृषक स्तरिय आवासिय ३ दिने तालिम को उद्द्घाटन सप्पन्न भएको छ। कार्यक्रम को अध्यक्षता मत्स्य अनुसान्धन केन्द्र बेगनास पोखरा कास्की का केन्द्र प्रमुख डा .मो. इकवाल हुसेन , प्रमुख अतिथी गण्डकी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, का श्री बासुदेव रेग्मी , विशेष अतिथि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी पोखरा का महानिर्देशक डा. बाल कुमार श्रेष्ठ रहनु भएको थियोे भने कार्यक्रम संचालन मत्स्य अनुसान्धन केन्द्र बेगनास पोखरा कास्की का प्रमुख प्रशासन सहायक भगवती थापा ले गर्नु भएको थियो । कार्यक्रम मा विशेष अतिथि रहनु भएका महानिर्देशक डा. बाल कुमार श्रेष्ठ ले यो तालिम मा सबै ले सक्रिय रही लिनुहोला ,तपाईंहरु को यो ३ दिन को तालिम सुखद रहोस , यो मोति खेती मा धेरै कृषक हरु जोडिनुहोला,यो मोति खेती तालिम ले सफलता पाओस भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो।  कार्यक्रम संचालिका भगवती थापाले सायद मोति खेती को जननी नै हामी हौं , यो मोति खेती को तालिम जति पनि अन्य प्रदेश मा भयो सबै मत्स्य अनुसान्धन केन्द्र बेगनास पोखरा कास्की का केन्द्र प्रमुख डा. मो. इकवाल हुसेन सर बाट नै भैरहेको छ। अहिले हामिले २० वटा मत्स्यपालन व्यबसायिहरुलाइ तालिम दिन लागिरहेका छौं , मेरो बिचार मा मोति खेती मा लाग्नु नै हाम्रो उपलब्धी हो , भनी उद्घाटन कार्यक्रम मा बताउनु भएको थियो । गण्डकी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, का सचीव श्री बासुदेव रेग्मी ले यो मोति खेती बारे जानकार तेति छैन , पोखरा आफैं मा पर्यटक को राजधानी भएको ले माछाका पाराखिहरु , यस प्रती रुचि राख्ने धेरै छन , माछापालन व्यबसाय गर्नु धेरै आम्दानी दिन सकिने भएको ले यो व्यवसाया मा लाग्नु धेरै राम्रो हो , हाम्रो गण्डकी प्रदेश सरकार ले माछापालन व्यबसाय लगाएत अन्य Livestock क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । कृषि क्षेत्रमा जापान सरकारले पनि हामिलाइ धेरै सहयोग गर्दै आइरहेको छ । यो मोति खेती ट्रायल जस्तो पनि छ , यो खेतिलाइ बढवा दिनको लागि बिज्ञ प्राविधिकहरु बाट सुझाव लिएर अघि बढन सकियो भने राम्रो पनि हुन सक्छ। विगत को तुलानामा अहिले हामिले खेती गर्न आधुनिक ढंग बाट गरिरहेका छौँ । जुन ठाउ मा जे सम्भावना छ, जे उत्पादन हुन्छ , त्यही कुरालाइ फोकस गरि कृषि क्षेत्रमा अघि बढनु जरुरी छ । हामिले रेम्बो ट्राउट लाई बढी फोकस गर्न लागिरहेका छौं , Livestock मा पनि गण्डकी प्रदेश मा धेरै  राम्रो सम्भावना  रहेको छ । हामी सङ्ग स्याउ , सुन्तला , तरकारी , आलु खेती जस्ता धेरै प्रकारका खेतिहरु छन , यस्ता खेतिहरुलाइ प्रोत्साहन गर्दै आयातलाई घटाएर निर्यात बढि गर्न हाम्रो गण्डकी प्रदेश सरकार लागिरहेको छ । कुनै बेला हाम्रा किसान का खेती मा भवितव्य / दुर्घटना भयो भने क्षतिपूर्ति का लागि हामिले राज्य बाट दिन सक्ने सेवा दिदै आइरहेका छौं , यो मोति खेती को राम्रो उत्पादन गर्ने प्रयास गर्यौ भने किसानहरुलाइ थप लाभ पनि मिल्न सक्छ । अन्त्यमा मा मोति खेती सम्बन्धि कृषक स्तरिय आवासिय ३ दिने तालिम सु सम्पन्न होस भनी कार्यक्रम मा बताउनु भएको थियो ।  मत्स्य अनुसान्धन केन्द्र बेगनास पोखरा कास्की का केन्द्र प्रमुख डा. मो . इकवाल हुसेन , ले उद्घाटन सत्रमा हाम्रो सफलता नै यो गण्डकी बाट नै सुरुवात वा अनुसान्धन गर्यौ , रुपाताल मा यो मोति खेती राम्रो देखीएको छ । धेरै जसो पोखरिमा यो खेती गर्न सकिन्छ तर यस्मा टेक्निकल कुरा बुझ्नु जरुरी छ , यो खेती सम्बन्धि पाहिला बुझ्नु जरुरी छ ।यो खेती शुरुवाती भएर होला कठिन पनि छ । पोखरामा पर्यटकहरु धेरै आउने भएकोले थोरै पोखरी बाट माछापालन सहित मोति खेतीलाई बढाउन सक्छौं भनी कार्यक्रम मा बताउनु भएको छ । पहिलो दिन को तालिम को सैद्धान्तिक कक्षा मा , डा. मो . इकवाला हुसेन ले यो मोति चम्किलो खालको , आकर्षक दिने खालको बस्तु हो ।यो राजा महाराजाहरुले धेरै मात्रामा प्रयोग गर्ने भएको ले यसको महत्त्व बढि छ । सव्यताको बिकास भए संगै यसको बिकास बढेको हो । प्राचीन समयमा मोतिलाइ शाही , धनी र शक्तिशाली मानिसहरुको प्रतिकको रूपमा चिनिन्छ । यो औषधि लागि पनि प्रयोग गर्न सकिन्छ । यो ग्रह शान्तिको लागि पनि प्रयोग गर्न सकिन्छ । करिब ८० देखि ९० प्रतिशत क्याल्सियम कार्वोनेट ( CaCo3) एरागोनाइट कृस्टलहरुबाट बनेका हुन्छन । यो विभिन्न रंग जस्तै , सेतो , कालो ,निलो,हरियो, सुन्तला , पहेँलो , खैरो जस्ता अन्य रंगहरु मा सजिएका हुन्छ्न ।मोति प्राकृतिक मोति र पालन मोति गरि दुई प्रकार रहेका हुन्छ्न । सन १२०० मा सर्वप्रथम चीन ले यो शुरूवात गरेको हो तर सन १९७० मा , ७७० बर्ष पछि चीन ले बजारीकरण गर्न थालेको हो । तर संसार मा जापान ले सबैभन्दा राम्रो उत्पादन बनाइ मोति खेती बजारीकरण गर्न थालेको हो  , भन्दै मोति के हो ? मोतिको महत्व , मोति कसरी बन्छ ? मोतिपालन को इतिहास र नेपालमा मोतिपालन किन गर्ने ? नेपालमा सिपि प्रजातिको विविधता , उपयुुक्त सिपिको जातहरु , यसको संकल्न र ढुवानी गर्ने तरिका बारे डा.मो. इकवाला हुसेन ले कार्यक्रम मा बताउनु भएको थियोे ।यसै बिचमा माछापालन व्यबसायिहरुले , माछा पाल्ने सहि किसान लाइ उपयुक्त अनुदान दिन नसकेको ,दाना महँगो भएको , छिन छिन मा बिजुली बत्ति जाँदा माछाहरु मर्ने गरेका ,माछाको भाउ उपयुक्त नभएको ,भेटेरिनरी अस्पताल मा कुनै माछाको बारेमा जानकारी दिने मान्छे नभएको दुख :गुनासो पनि उक्त तालिम कार्यक्रम मा व्यक्त गरेका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0