पोखरा । नेपालका अधिकांश विद्यालयहरूमा कक्षा २ देखि १२ सम्म कम्प्युटर विषय अनिवार्य जस्तै पढाइन्छ। सरसर्ती पाठ्यक्रम पल्टाएर हेर्ने हो भने यसको ५० प्रतिशतभन्दा बढी हिस्सा ‘माइक्रोसफ्ट अफिस’ (Word, Excel, PowerPoint) ले नै ओगटेको छ। तर विडम्बना, १० वर्षसम्म एउटै सफ्टवेयर पढेर विद्यालयबाट निस्किएको विद्यार्थी जब बजारमा काम खोज्न जान्छ, उसले गर्वका साथ “म यो काममा पोख्त छु” भन्न सक्दैन।
रोजगारदाताले सामान्य कम्प्युटर सीप माग्दा उम्मेदवारहरू हच्किनुपर्ने अवस्था विद्यमान छ। यसको मुख्य कारण हो— विद्यार्थीलाई पढाइनु तर उनीहरूको सीपलाई अन्तर्राष्ट्रिय मापदण्डमा ‘प्रमाणीकरण’ (Certification) नगराइनु।
माइक्रोसफ्ट अफिस केवल कम्प्युटर इन्जिनियर वा प्राविधिकहरूको लागि मात्र होइन, आज यो हरेक पेसाको अक्सिजन बनेको छ। सामान्य रिसेप्सनिस्टदेखि लिएर डाक्टर, इन्जिनियर, वकिल, एकाउन्टेन्ट वा कर्पोरेट म्यानेजरसम्मलाई दैनिक कार्यसम्पादन गर्न यो नभई हुँदैन। अझ नेपालको सन्दर्भमा लोकसेवा आयोगले लिने खरिदार, नायब सुब्बा र अधिकृत तहको कम्प्युटर सीप परीक्षणमा ९० प्रतिशतभन्दा बढी प्रश्न माइक्रोसफ्ट अफिसबाटै सोधिन्छन्। नेपालका जुनसुकै सरकारी वा निजी कार्यालयमा हुने ७० देखि ८० प्रतिशत काम यही सफ्टवेयरको माध्यमबाट हुन्छ।
यति धेरै महत्त्व भएको विषयलाई नेपालको शिक्षा प्रणालीले केवल ‘थ्योरी’ र ‘टाइपिङ स्पिड’ मा मात्र सीमित राखेको छ। विद्यालयको आन्तरिक परीक्षा पास गर्दैमा वा ‘बेसिक र डिप्लोमा’ को सामान्य तालिम लिँदैमा विद्यार्थीले काम गर्न सक्छ भन्ने ग्यारेन्टी हुँदैन। “मलाई वर्ड र एक्सेल चलाउन आउँछ” भन्नु र “म माइक्रोसफ्टबाटै प्रमाणित ‘Microsoft Office Specialist (MOS)’ हुँ” भन्नुमा आकाश-जमिनको फरक छ। पहिलोले दाबी मात्र गर्छ, दोस्रोले विश्वव्यापी रूपमा क्षमता प्रमाणित गर्छ।
सीप प्रमाणीकरणको समाधान: ‘दिप आईटी एण्ड एजुकेसन’
यही शैक्षिक र व्यावहारिक खाडललाई पुर्न तथा विद्यार्थीको क्षमतालाई विश्वव्यापी मान्यता दिलाउन पोखरास्थित ‘दिप आईटी एण्ड एजुकेसन’ (Deep IT and Education) र ‘दिप कम्प्युटर इन्स्टिच्युट’ (Deep Computer Institute) ले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
सबै प्रकारका माइक्रोसफ्ट सर्टिफिकेसन (All kinds of Microsoft Certifications) प्रदान गर्ने नेपालकै एक मात्र र आधिकारिक गन्तव्य (The One and Only) को रूपमा ‘डिप आईटी’ स्थापित भएको छ। जब हामी वर्षौंसम्म माइक्रोसफ्टकै सफ्टवेयर चलाउन सिक्छौँ र सिकाउँछौँ भने, विद्यार्थीको सीप परीक्षण पनि माइक्रोसफ्टकै आधिकारिक प्रणालीबाट किन नगर्ने? यही प्रश्नको सटिक जवाफ र समाधान ‘डिप आईटी’ ले ल्याएको छ।
यस संस्थाले विद्यार्थीलाई माइक्रोसफ्टकै अन्तर्राष्ट्रिय पाठ्यक्रममा आबद्ध गराई, व्यावहारिक अभ्यास गराएर माइक्रोसफ्टबाटै सर्टिफाइड गराउने काम गरिरहेको छ।
दिप कम्प्युटर इन्स्टिच्युटका मुख्य विशेषताहरू:
-
अन्तर्राष्ट्रिय प्रमाणीकरण: सबै प्रकारका आधिकारिक माइक्रोसफ्ट सर्टिफिकेसन (MOS, Expert Level आदि) उपलब्ध गराउने एक मात्र संस्था।
-
व्यावहारिक सिकाइ (Practical Approach): घोक्ने र कापीमा लेख्ने सिकाइलाई पूर्ण रूपमा व्यावहारिक सिकाइमा रूपान्तरण।
-
सीप व्यवस्थापन प्रणाली (Skill Management System): निरन्तर अभ्यास र अनलाइन सपोर्टको व्यवस्था।
-
मक टेस्ट (Mock Test): विद्यार्थीलाई आधिकारिक परीक्षामा सामेल गराउनुअघि पटक-पटक मक टेस्ट गराएर पूर्ण रूपमा तयार पारिने।
अब विद्यालय, अभिभावक र शिक्षा सरोकारवालाहरूले परम्परागत कम्प्युटर शिक्षाको ढाँचा परिवर्तन गर्नुपर्ने बेला आएको छ। समय बदलिएको छ, अबको युगमा कागजको ‘मार्कसिट’ मात्र होइन, ‘प्रमाणित सीप’ बिक्छ।
हाम्रा विद्यार्थीहरूलाई स्कुलमै छँदा अन्तर्राष्ट्रिय स्तरको ‘Microsoft Certified’ बनाउन सक्यौँ भने, भोलि उनीहरू रोजगारी खोज्दै भौँतारिनु पर्दैन; बरु रोजगारीले उनीहरूलाई खोज्दै आउनेछ। अन्तर्राष्ट्रिय स्तरको यो प्रमाणित सीप हासिल गर्नका लागि पोखराको ‘दिप आईटी एण्ड एजुकेसन र दिप कम्प्युटर इन्स्टिच्युट’ सम्पूर्ण विद्यार्थी तथा पेसाकर्मीहरूका लागि एकमात्र भरपर्दो विकल्प बनेको छ।








