
पोखरा ,असोज १२ गते
युवावस्थाका शिकारी राजा त्रिभुवन एकसिँगे गैँडाको अगाडि।
राणाकालभर राणा महाराजहरु प्रत्येक बर्षको हिउँदमा शिकारका लागि तराईतर्फ झर्थे। उनीहरुको शिकारको लावालस्करमा हज्जारौं फौज, सैयौं हात्ती र घोडा सहितका शिकारी कुकुर र शिकारीहरु समेत हुन्थे।
करिव १४२ बर्ष पहिले विसं १९४१ सालमा तत्कालीन महाराज रणोद्दीप सिँह शिकारका लागि नयाँ मुलुकतर्फ निस्किएका थिए। उनी शिकारका लागि जाँदा उनको लागि करिव १२ हजार फौज, ३०० हात्ती र २०० वटा घोडाहरु तयार पारिएको थियो।
उतिबेला राणाकालमा राणा महाराज प्रत्येकबर्षको हिउँदमा सिकारका लागि तराईतिर झर्ने गर्दथे। महाराज चन्द्रशमशेरको पालामा उनीहरुको सिकारका लागि त्यतिबेला करिव ८ हजार जनाको फौज, २०० वटा हात्ती, २५० वटा घोडा खच्चर करिव २ महिनाका लागि खटिने गर्दथे। तीन हात्ती र घोडा खच्चरको खर्च नै विसं १९६५ सालतिर कम्पनी रुपैयाँ करिव ७५ हजार हुनेगर्दथ्यो।
यस तस्बिरमा राजा त्रिभुवन महाराज चन्द्रशमशेरको पालामा शिकारका तराई गएको समयको हो। जहाँ उनी हातमा बन्दुक लिएर सिकार गरि मारिएको एक सिंगे गैँडाका अगाडि उभिएका छन्।स्रोत :wildnepal






