
पोखरा ,असोज ३० गते
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत खड्काको सम्मानमा चितवन उद्योग संघद्वारा फेरि भेटौला कार्यक्रम
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत खड्काको सम्मानमा चितवन उद्योग संघद्वारा फेरि भेटौला कार्यक्रम
भरतपुर/आन्तरिक राजस्व कार्यालय चितवनका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काको सम्मानमा चितवन उद्योग संघले ‘फेरि भेटौला’ कार्यक्रम सम्पन्न भएको छ ।
चितवन उद्योग संघको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख कर अधिकृत खड्काको योगदानको सम्मान गर्दै उहाँको आगामी कार्यकाल तथा भावी यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो ।
उद्योगी व्यवसायी र कर प्रशासनबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै औद्योगिक तथा व्यावसायिक क्षेत्रका समस्या समाधानमा सहकार्य र समन्वयको महत्त्वलाई कार्यक्रममा जोड दिइएको थियो । कर प्रणालीलाई सरल, पारदर्शी र उद्योगीमैत्री बनाउन सम्बन्धित निकायबीच निरन्तर संवाद आवश्यक रहेको विषयसमेत उठाइएको थियो ।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, आन्तरिक राजश्व कार्यालय चितवनका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्का, चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका उपाध्यक्षहरु ताराबहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुपकुमार बराल, परमेश्वर भण्डारी, कार्यसमिति सदस्य सुरेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक श्री गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष गजेन्द्र अधिकारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।स्रोत: Chitwan Udhog Sangh
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

