कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मिति २०८३/०३/२२ गतेका दिन कृषकहरुलाई पुरस्कृत एवम् सम्मान गरेको छ।
मन्त्रालयले प्रत्येक वर्ष कृषि, पशुपालन र मत्स्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएका कृषक तथा कृषि उद्यमीहरूलाई विभिन्न विधामा प्रदेशस्तरीय उत्कृष्ट कृषक सम्मान प्रदान गर्दै आएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य कृषि क्षेत्रमा समर्पित कृषकहरूको योगदानको कदर गर्नु, उहाँहरूको मनोबल अभिवृद्धि गर्नु तथा कृषि पेसालाई थप सम्मानित, व्यावसायिक, मर्यादित र आकर्षक बनाउनु रहेको छ।
यस वर्ष उत्कृष्ट कृषक छनोटका क्रममा उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग, रोजगारी सिर्जना, आर्थिक आम्दानी, नमूना कृषि फर्मको विकास, उत्पादनको बजारीकरण, व्यवसायको दिगोपना, गरिएको लगानी तथा यसअघि प्रदेशस्तरीय उत्कृष्ट कृषकका रूपमा सम्मानित नभएको लगायतका विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरिएको छ। सोही मूल्याङ्कनका आधारमा आज गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट छनोट हुनुभएका ६ जना उत्कृष्ट कृषक उद्यमीहरूलाई श्रीमान् सचिवज्यूको अध्यक्षता, माननीय मन्त्रीज्यूको प्रमुख आतिथ्यता र सामाजिक तथा कृषि विकास समिति सदस्य माननीय भक्त कुँवरज्यूको विशेष आतिथ्यतामा सम्मान गरिएको हो। प्रदेश सर्वोत्कृष्ट कृषकलाई रु ५०,०००/- र उत्कृष्ट कृषकलाई जनही ३२,०००/- सहित सम्मान गरिएको छ।
प्रदेश उत्कृष्ट कृषक पुरस्काबाट सम्मान हुनुहुने कृषक
१. सहरा कृषि फर्म, गलकोट न.पा-१, दुदिलाभाटि, बागलुङ, बाली र वस्तु – अकबरे खुर्सानी र बाख्रा, प्रोप्राइटर श्री गम बहादुर कुँवर
प्रदेश उत्कृष्ट कृषक पुरस्काबाट सम्मान हुनुहुने कृषकहरु
१. मौलाकाली कृषि फर्म कावासोती न.पा-10, अमलटारी, नवलपुर (ब.सु.पू) कृषि फर्म, बाली- केरा, प्रोप्राइटर श्री निर्मल भट्टराई
२. रोशन एण्ड रोहित कृषि फर्म, पोखरा १४, चाउथे, कास्की, बाली- तरकारी, प्रोप्राइटर श्री रमेश खनाल
३. दाजु भाई गाई फर्म, व्यास न.पा-१०, तनहुँ, वस्तु- भैसीपालन, प्रोप्राइटर श्री रमेश तिमिल्सेना
४. खिलुङ्ग कालिका अर्गानिक कृषि फर्म, भिरकोट न.पा- ११, जिमिरे, स्याङ्जा, बाली- सुन्तला, प्रोप्राइटर श्री शालिग्राम अर्याल
५. निलगिरी पशुपन्छी तथा कृषि व्यवसाय, घरपझोङ गा.पा-०४, छिरिङ, मुस्ताङ, वस्तु- याक, प्रोप्राइटर श्री भुपेन्द्र शेरचन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0