
पोखरा ,माघ २१ गते
थाइल्याण्डमा विवाह समानताको लागि अनलाइन र अफलाइन समर्थन भएको छ।
२३ जनवरी २०२५ मा, थाइल्याण्ड सरकारले विवाहलाइ समानता कानून लागू गरेको छ । गत वर्ष, संसदले पेश गरेका बिधयक अत्यधिक स्वीकृत भएको थियो , र राजाले सेप्टेम्बर २०२४ मा ऐनलाई अनुमोदन गरेका थिए । कानूनले थाई कानूनमा “पति” र “पत्नी” शब्दहरूलाई लैङ्गिक तटस्थ भाषामा प्रतिस्थापन गरेको छ र सबै दम्पतीहरूको लागि धर्मपुत्र र उत्तराधिकार अधिकार सुनिश्चित गरेको छ । एसियामा ताइवान र नेपालपछि समलिङ्गी विवाहलाई मान्यता दिने तेस्रो देश थाइल्याण्ड बनेको छ। नयाँ कानून निर्विवाद रूपमा लेस्बियन, समलिङ्गी, उभयलिंगी, ट्रान्सजेन्डर र क्वियर (LGBTQ+) कार्यकर्ता र तिनीहरूका राजनीतिक सहयोगीहरूको दशकौं लामो प्रयासको परिणाम पछि महत्त्वपूर्ण अवसर अनलाइन र अफलाइन ठाउँहरूमा व्यापक सार्वजनिक समर्थनको कारण सम्भव भएको ISEAS – Yusof Ishak संस्थान द्वारा प्रकाशित Fulcrum ले जनाएको छ।
थाइल्याण्डमा वैवाहिक समानताको लागि समर्थन निरन्तर बढेको छ। २०१९ मा, YouGov को सर्वेक्षणले ६३ प्रतिशत थाईहरू, विशेष गरी १८ देखि ३४ वर्षका मानिसहरूले समलिङ्गी नागरिक साझेदारीको मान्यतालाई समर्थन गरेको थियो । २०२४ मा यो संख्या बढेर ७४ प्रतिशत पुगेको थियो । यसको श्रेय LGBTQ+ अधिकार समूहहरूद्वारा वर्षौंको सक्रियता र २०२० मा हाल निष्क्रिय मुभ फर्वार्ड पार्टीद्वारा वैवाहिक समानता विधेयकको परिचयलाई लिन सकिन्छ।

