काठमाडौँ,भदौ ४ गते
जग्गा विकास आयोजनामा उपभोक्ताहरुको मर्का समाधान गर्न अध्ययन गरिने : ५६ औँ कार्यपालिका बैठक सम्पन्न
आन्तरिक स्रोतबाट सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय
चमतीः नयाँ बजारलगायत जग्गा विकास आयोजना क्षेत्रका उपभोक्ताहरुले आफूलाई मर्का परेको गुनासो गरेपछि अध्ययन गर्न समिति गठन हुने भएको छ । काठमाडौँ महानगरपालिकाको ५६ औँ कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरु मचाराजा महर्जन, ईश्वरमान डंगोल र रोजिना श्रेष्ठले नापी कार्यालयबाट फरक फरक समयमा कायम गरिएको नदीको मापदण्ड, सडकको फरक फरक मापदण्डका कारण उपभोक्तालाई समस्या परेको विषय उठान गरेपछि वैठकका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, महानगरपालिकाले सञ्चालन गरेका सबै जग्गा विकास आयोजना समेट्ने गरी सुशासन समिति, भवन व्यवस्था समिति, विधायन समिति, सुशासन समिति, प्रशासन विभाग, कानुन तथा मानव अधिकार विभाग र सहरी व्यवस्थापन विभागको संयुक्त अध्ययन समिति गठन गरिने बताउनुभयो ।
‘स्थानीयको मर्का मैले पनि सुनेकी छु । उहाँहरुले प्रदेशको मापदण्डलगायत अन्य विभिन्न मापदण्डका कारण आफू पीडित भएको गुनासो गर्नुभएको छ । यसको कानुनी समाधानका लागि अध्ययन समितिले भदौभित्र प्रतिवेदन दिनेछ ।’ वैठकका अध्यक्ष डंगोलले बताउनुभयो ।स्रोत :काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0