पोखरा ,श्रावण ३ गते

नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गत रहेको नेपाल हज समितिमा मोहम्मद फाजिललाई अध्यक्षको रुपमा नियुक्त गरेको छ। हज यात्रालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउनका लागि गठन गरिएको यस १९ सदस्यीय समितिमा सक्रिय मुस्लिम समुदायका विभिन्न व्यक्तिहरू र विविध राजनीतिक दलका प्रतिनिधिहरू समावेश गरेको छ।

समितिमा मोहम्मद बिलाल खान, शाकिर उद्दीन, मुहम्मद हुसेन खाँ, मोहम्मद ताजिम मुस्लिम, अबु बकर, राशिद उद्दीन, कलामुद्दिन मियाँ, समिजुन निशा, अलीम अहमद हलुवाई, मोहम्मद उमर हलुवाई, जामिया खातुन, नौशिन फातिमा, कुहुस पठान, अजमल पठान, मोहम्मद अब्दुल्लाह, शेख कसमुद्दिन, मुजाहिद अनवर र इसरत परविन शेख जस्ता सदस्य रहेका छन्।

समितिमा महिलाहरूको पनि प्रतिनिधित्व समेटिएको छ, जसले समावेशी निर्णय प्रक्रियामा थप विविधता र दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ। समितिको मुख्य जिम्मेवारी भनेको नेपालबाट हज यात्रामा जाने नेपाली मुस्लिम समुदायका हाजीहरूको सहजीकरण गर्नु, हजसम्बन्धी व्यवस्थापनमा ध्यान दिनु र यात्राका क्रममा आउने समस्या समाधान गर्नु हुनेअपेक्षा राखिएको छ।

समितिले सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै हजसम्बन्धी निर्णय र व्यवस्थापनमा व्यापक दृष्टिकोण समेट्ने अपेक्षा गरेको छ।  समितिले नेपाली मुस्लिम समुदायको हितमा प्रभावकारी, पारदर्शी र सेवामुखी भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0