पोखरा ,श्रावण ३१ गते
जेईको जोखिम बढ्दैछ—लक्षण देखिए अस्पताल जानुहोस्
नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) का संक्रमितको संख्या बढ्दै गएको छ। हालसम्म ५८ जनामा जेई पुष्टि भएको र १६ जनाको मृत्यु भएको जानकारी छ।
 उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तनजस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय नबिताउनुहोस्। धामी–झाँक्रीकहाँ गएर समय खेर नफाल्नुहोस्—तुरुन्त अस्पताल लैजानुहोस्।
 खोपले जेईबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ। नियमित खोप तालिकाअनुसार १२ महिनाको उमेरमा जेई खोप लगाउनुपर्छ। छुटेको भए ५ वर्षको उमेरसम्म खोप लगाउन सकिन्छ।
समयमै खोप लगाऔँ। लक्षण देखिए ढिला नगरी अस्पताल जाऔँ।स्रोत :राष्ट्रिय खोप कार्यक्रम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0