स्टेप वाई स्टेप मा.वि.मा नेपाली भाषा कौशल प्रतियोगिता
पोखरा ,श्रावण २१ गते
स्टेप वाई स्टेप मा.वि. मासबार, पोखरामा कक्षा ९ र १० का विद्यार्थीहरूबीच एक अन्तरसदनात्मक नेपाली भाषा कौशल प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा चार विभिन्न सदनका ४ टिमका १६ जना विद्यार्थीहरूले भाग लिएका थिए । जसले प्रतिस्पर्धात्मक क्षमतालाई उजागर गर्दै नेपाली भाषामा दक्षता विकास गर्ने अवसर पाएका छन्।
विद्यालयका संस्थापक निर्दशक रमाकान्त बरालले उक्त प्रतियोगितामा मन्तव्य दिँदै यस प्रकारका अतिरिक्त क्रियाकलाप विद्यार्थीहरूको लागि महत्वपूर्ण हुने बताए। उहाँले भने, “यस्ता कार्यक्रमहरूमा अगाडि बढ्ने विद्यार्थीहरूलाई सधै प्रोत्साहन मिल्नेब ताउनु भएको थियो ।” शिक्षालयका संस्थापक प्राचार्य निर्मला बरालले नेपाली भाषा कौशल प्रतियोगिताले विद्यार्थीहरूको भाषिक शुद्धता, उच्चारण क्षमता, र शब्दभण्डारको अभिवृद्धिमा सहयोग पुर्याउने जानकारी भएको थियो।
प्राचार्यले विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले यस्ता कार्यक्रम आयोजना गर्दै आएको कुरामा जोड दिँदै, विद्यार्थीहरूले पनि सक्रियता र आत्मविश्वास वृद्धि गर्नका लागि यसमा भाग लिन प्रेरित गर्नु भएको थियो।
प्रतियोगितामा मार्कोनी सदनका प्रशन्ना पराजुली, एलिना थापा, सम्पदा थापा र एलिजा खड्काको समूहले पहिलो स्थान हासिल गर्यो भने ग्यालिलियो सदनका रोजित सापकोटा, युनिक बार्तैला, क्रिपा भण्डरी र अभिनम गिरी द्वितीय स्थानमा हाँसिल गरेका थिए । प्रतियोगितामा निर्णायकको भूमिका सुर्यप्रसाद लम्साल र शिक्षिका सुशिला पौडेलले निर्वाह गर्नु भएको थियो।
जानकारी गराउने: रमाकान्त बराल
९८५६०२१४७६


