पोखरा,श्रावण २८ गते
पोखरा उद्योग वाणिज्य संघले उद्योग र वाणिज्यको समुचित विकास र विस्तारका लागि विभिन्न कार्यहरू गर्दै आएको छ। संघको मुख्य उद्देश्य जनजीवनको स्तर वृद्धि गर्नु हो,
* पोखरा उद्योग वाणिज्य संघले गर्ने कार्यहरू
  •  उद्योग वाणिज्यको समुचित विकास विस्तार गर्दै आर्थिक उत्थान जनजीवनको स्तर वृद्धि गराउने ।
  •  उद्योग व्यापार तथा व्यवसाय हक हित र कल्याणको निम्ति वर्गिय एकता कायम गर्ने ।
  • व्यवसाय र व्यवसायीहरुको विकारा एवं हक हित अधिकारको संरक्षण र प्रवर्दन गर्ने ।
  •  उद्यमशिलता विकासका लागि सिफ्युक्त निःशुल्क तालिम प्रदान गर्ने।
  •  उद्योग व्यवसाय सम्बन्धी देश विदेश अध्ययन अवलोकन भ्रमणको व्यवस्था मिलाउने ।
  • नव प्रवर्धन र उद्यमशिलता विकासमा सहयोग गर्ने ।
  •  बालश्रम न्यूनीकरण ।
  •  विपन्न परिवारको बालबालिका/शिक्षामा पहुँच र विकास एवं शैक्षिक सामग्री सहयोग ।
  •  व्यवसायी (निजी क्षेत्र) र तीनै तहका सरकारसँग आवश्यकता अनुसार समन्वयात्मक भूमिका निर्वाह गर्ने ।
  •  तीनै तहका सरकारबाट निर्माण गरिने नीति, ऐन, नियम, कानुनहरुमा निजी क्षेत्र मैत्री नीति निर्माणका लागि सहयोग एवं पैरवी गर्ने
ख) पोखरा उद्योग वाणिज्य संघबाट हाल प्रत्यक्ष उपलब्ध सेवाहरू
  •  सदस्यहरुको दुर्घटना हुन गएमा रु. १,००,०००/- (अक्षरुपी एक लाख रुपैयाँ मात्र बराबरको दुर्घटना विमा सुविधा प्रदान ।
  • चरक मेमोरियल हस्पिटल प्रा.लि. नामदु‌ना पोखराबाट स्वास्थ्य सेवा लिनु पर्दा Diagnositic सेवामा २० प्रतिशत, Inpatient सेवामा २०, Medications ५ प्रतिशत र Health Checkup Package मा २५ प्रतिशत छूट सुविधा।
  •  पृथ्वीराजमार्ग बस कम्पनी प्रा.लि.का यात्रु बस सेवामा यात्रा गर्दा टिकट मूल्यमा १५ प्रतिशत छूट सुविधा ।
  • अन्नपूर्ण केवलकार लेकसाइडबाट सराइकोट यात्राको टिकटमा २५ प्रतिशत छूट सूविधा ।
  • यति एयरलाईन्सको हवाई यात्रामा यात्रा गर्दा टिकटमा १० प्रतिशत छुट सुविधा ।
  • दृष्टि आँखा अस्पताल प्रा.लि. नयाँबजार पोखराबाट स्वास्थ्य सेवा लिनुपर्दा OPD सेवामा १५ प्रतिशत, चेकजाँच र प्रयोगशालामा २५ प्रतिशत, चश्मा र चश्माजन्य सामग्रीमा ३० प्रतिशत र फार्मेसी सेवामा १० प्रतिशत छुट सुविधा।
  •  फेवा डेन्टल क्लिनिक गैराहपाटन पोखराबाट डेण्टल सम्बन्धी सेवा लिदा दाँतमा तार लगाउने सेवामा १० प्रतिशत, र अन्य सम्पूर्ण डेण्टलसम्बन्धी उपचारमा २५ प्रतिशत छुट सुविधा ।
  •  यूनाईटेड रेफरेन्स ल्याब प्रा.लि. (युआरएल) बाट सेवा लिनुपर्दा सम्पूर्ण शाखाहरुबाट सबै किसिमका प्रयोगशाला परीक्षणमा ३५ प्रतिशत छुट सुविधा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0