
पोखरा ,माघ २४ गते
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटी को प्रथम अधिवेसन शुरु हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटी को प्रथम अधिवेसन माघ २६ र २७ गते पोखराको सभागृहमा हुने भएको छ। अधिवेसनको समुद्धघाटन पार्टिका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले विहान ११: ३० मा गर्नुहने भएको छ । उद्घाटन समारोहमा पार्टिका नेता तथा पूर्व प्रधानमन्त्री झमनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव धनश्याम भुषाल लगाएतका शिर्ष नेताहरुले सबोधन गर्ने कार्यक्रम रहेको छ । साथै उद्धघाटन कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टि, राष्ट्रिय प्रजातन्त्र पाटिं, जनता समाजवादी पार्टि, राष्ट्रिय जनमोर्चा , नेपाल कम्युनिष्ट पार्टि, नेपाल समाजवादी पार्टि, क्रान्तिकारी कम्युष्टि पार्टि नेकपा बहुमत लगायतका राजनितीक दलका गण्डकी प्रदेश का अध्यक्ष एवं प्रमुखहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिने भएको आजको पत्रकार सम्मेलन मा जानकारी भएको छ।प्रदेश अधिवेसनका लागि ११ वटा जिल्ला, विभिन्न जनसंगठन र मजदुर फांटबाट ४०० प्रतिनिधि चयन भईसक्नु भएको विज्ञप्ति मा उल्लेख गरिएको थियो । प्रतिनिधि र आयोजक गरि अधिवेसनमा ५५० जनाको महभागिता रहने भएको छ। अधिवेसनले अध्यक्ष , २ उपाध्यक्ष, सचिव र ३ सहसचिव रहेको पदाधिकारी सहित भूगोल विभिन्न क्षेत्रको सहभागिता रहने गरि १४३ सदस्यीय प्रदेश कमिटि निर्वाचित गर्ने भएको छ । कमिटीको कार्यकाल ४ बर्षको हुने विज्ञप्ति मा उल्लेख गरियको छ। अधिवेसनको तयारीका सबै कामहरु सम्पन्न भएको पत्रकार सम्मेलन मा जानकारी गराइएको थियो । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का प्रतिनिधिहरु २५ गते सांझ सम्म पोखरा आईपुग्नु हुने भएको सम्मेलन मा जानकारी गराइएको थियो । गण्डकी प्रदेश कमिटी पोखरा का अध्यक्ष श्रीनाथ बराल ले पहिलेको अधिवेसन भन्दा अहिलेको statistics रुपमा बदल्ने छौं ,हिजो को भन्दा बढी फरक मुद्दाहरु उठाउने छौं ,तिनै मुद्दाहरुको आवाज सडक ,सदन सबै स्थान बाट गर्नेनै छौं ,चुनाव तालमेल गर्नु पर्ने अवस्था आयो भने पनि तालमेल पनि गरेरै छाड्छौं ,गण्डकी प्रदेश कुन स्थान मा पुर्याउन सकिन्छ ,त्येसमा पनि प्रयत्न गरीनै रहन्छौं ,सहि समाजवादी धार लाइ अघि बढाउने कोसिस गर्नेनै छौं ,समाजवादी मोर्चा संग मिल्न जान तयार गर्छौं , करिब ७,८ जना अध्यक्ष को प्रतिष्प्रधि हुनुहुनेछ भन्दै सर्वसहमती बाट चुनाव हुने अपेक्षा राख्नु भएको थियो।

