
पोखरा ,माघ २८ गते
प्रेस चौतारी नेपाल कास्कीको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सदस्यहरुको पदस्थापन कार्यक्रम, आज साइमन पार्टी प्यालेस, सिर्जनाचोक मा सम्पन्न भएको छ। प्रेस चौतारी नेपाल कास्कीको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सदस्यहरुको पदस्थापन कार्यक्रम का अध्यक्ष श्री सुमन ढुंगानाले निर्वाचित पदाधिकारीहरु लाइ वधाई तथा शुभकामना दिंदै अबको निर्बाचित टिम ले कास्की जिल्ला मा मात्रै सिमित नभएर देशकै अग्रणी दिशा तिर पत्रकारिता क्षेत्रलाई बाहयास बनाउदै बलियो विश्वास दिलाउन सकोस ,आबश्यक साथ र सहयोग चाहेमा अवश्य साथ दिन सकिने बताउनु भयो। पत्रकार श्री दिननाथ बराले आफ्नो पार्टीले खराब गर्यो भने पनि पत्रकार हरुले सच्याउनु पर्ने मा जोड दिनु भयो। प्रेस युनियन कास्की का अध्यक्ष श्री वासु मिश्र ले सत्य तथा तथ्य समाचारहरु मा पत्रकारहरुले जोड दिनुपर्ने औल्याउनु भएको थियो। प्रेस स्वतन्त्र सेनानी श्री बद्री विनोद प्रतीक ले सबैले म आँफु राम्रो काम गर्छु भनेर आँफैले पहिला प्रतिवद्दता जाहेरी गर्न सक्नु पर्छ । प्रेस भनेको सामुहिकताले चल्लने संस्था हो , सबै साथीहरु मिलेर अघि बढ्नु पर्छ ,साथिभाइहरुले आ-आफ्नो जिम्वार लीइ ,त्यो जिम्वेवार लाई मर्यादितरुपमा पालन का साथ काम गर्नु पर्दछ र काम भएको नभएको अनुगमन लाइ ध्यान दिनु जरुरि छ भन्नु भएको थियो। प्रेस काउन्सिल का सदस्य श्री हरिशरण अधिकारि ले व्यावसायिक पत्रकारिता बनाउन प्रेस चौतारी लागिपरोस भन्नु भएको थियो। नेकपा (एमाले) कास्कीका अध्यक्ष तथा कार्यक्रम का प्रमुख अतिथि समेत रहनु भएका वैनबहादुर अधिकारी क्षेत्री, ले देश समृद्ध बनाउन ,पत्रकारिताको अहम भूमिका रहन्छ , प्रेस चौतारीलाई सुदृढ र बलियो बनाउन ३ कारण मान्यता का साथ बुझ्नु पर्ने हुन्छ १> तथ्य बाट सत्य तिर अबलाम्बित भएर जोस ,जाँगर का साथ काम गर्नु पर्छ २ > अरु संगठनहरु भन्दा छुट्टै किसिमको एकता ढल्कने किसिमको बनाउनु पर्दछ ३>सम्बोधन गर्न नासकिएका साथिभाइहरुलाइ बेलैमा समेटेर लैजान सक्नुपर्ने औल्याउनु भएको थियो। कार्यक्रमलाई समापन गर्दै प्रेस चौतारी नेपाल कास्कीको नवौं अधिवेशनबाट नव -निर्वाचित अध्यक्ष श्री मोति सागर अधिकारि ले अग्रज पत्रकारहरुलाई सम्झदै , उनीहरुको कार्यदिशालाई अघि बढाउदै काम गर्न आँफु र यो नयाँ टिम लाग्ने प्रण गर्दै ,कहिले काँही अग्रजहरुको बाटोमा हिंड्दा ठेस पनि लाग्ने रहेछ ,हामि र हाम्रो संस्था ले भन्दा माथि रहेका ठुला संग संगठन ले पत्रकारिताजगतको हक हित को बारेमा आवाज उठाउनु पर्दो रहेछ , श्रम जीवि पत्रकारहरुको आवाज सुन्नु जरुरि छ , उनीहरुले पनि सदस्यता पाउनका लागि समन्वयकारी भूमिका खेलेर अगाडी लैजानु पर्दछ, र अन्तमा उहाँले अग्रजहरुकै कार्यकाल देखि नै झोला मा कार्यालय बनाएर पत्रकारहरुले काम गरिरहनु परेको छ , यसलाई अन्त्य गर्न नेकपा (एमाले) लाइ अनुरोध पनि गर्नु भएको छ ।