पोखरा ,फागुन ३ गते

पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोह चलिरहेका बेला भ्रमण वर्षको लोगो अनावरण गर्ने क्रममा बेलुनहरू पड्किदा निस्किएको आगोको मुस्लोमा परि कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते हुनु भएको छ ।
सामान्य उपचार पछि थप उपचारका लागि दुवै जनालाई काठमाडौँ लगिएको छ । अर्थमन्त्री पौडेलको अनुहार र हात तथा प्रमुख आचार्यको देब्रे पट्टीको गाला र हातमा चोट लागेको छ । उहाँहरूलाई हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको हो । उहाँहरू दुवै जनाको अवस्था खतरामुक्त रहेको छ । उहाँहरुको किर्तिपुर स्थित वर्न हस्पिटलमा उपचार हुनेछ ।

कार्यक्रमको डिजिटल इनागुरेसन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्यान्डिलबाट निस्किएका झिल्काहरूसँग ठोकिन पुगेपछि दुर्घटना हुन पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0