
स्याङ्जा उद्योग वाणिज्य संघको आयोजनामा पुतलीबजार नगरपालिका वडा नं. १ को माले बगर खेल मैदानमा फागुन ६ देखि १८ गतेसम्म सञ्चालन हुनेछ। गत बर्षहरुमा ६ पटकसम्म सम्पन्न भइसकेको महोत्सव यस बर्ष अझ पृथक प्रभावकारी रुपमा गण्डकी प्रदेश स्तरीय औद्योगिक, कृषि पर्यटन, साँस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला २०८१ को रुपमा सातौ स्याङजा महोत्सव २०८१ आयोजना गरिएको मुल आयोजक उद्योग वाणिज्य संघ स्याङ्जा जनाएको छ। महोत्सवमा साँस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोक दोहोरी गीत प्रतियोगिता, राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफी प्रदर्शनी, माछा महोत्सव र पशुपंक्षी प्रदर्शनी तथा बिक्री कक्ष लगायतका झण्डै २२० स्टलहरु रहनेछन्।महोत्सवमा प्रवेशको लागि साधारण टिकट एक सय तोकिएको छ भने, विद्यार्थीको लागि रु ५० र ज्येष्ठ नागरिकको हकमा प्रवेश निशुल्क गरिएको छ। महोत्सवमा ८ करोड सम्मको व्यापारिक कारोवार र ३ लाख ५० हजार भन्दा बढी दर्शक भित्र्याउने लक्ष्य रहेको छ।



