पोखरा ,फागुन ६ गते

राष्ट्रिय समाचार समिति (रासस ) गण्डकी प्रदेश कार्यालय ,पोखरा को आयोजना मा राष्ट्रिय समाचार समितिको ६४ औँ वार्षिकत्सबका अवसरमा आयोजित “सुशान र समृद्धिका लागि रासस” विषयक अन्तरक्रिया कार्यक्रम न्युरोड स्थित दिप सागर होटेल मा सम्पन्न भएको छ। कार्यक्रम का प्रमुख अतिथि रहनु भएका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा,का माननीय मन्त्री विन्दु कुमार थापा ले पानस मा दिप प्रज्वलन गरेर राष्ट्रिय समाचार समितिको ६४ औँ वार्षिकत्सब शुभारम्भ गर्नु भएको थियो। उहाँले   (रासस ) गण्डकी प्रदेश कार्यालय ,पोखरा लाइ ६४ औँ वार्षिकत्सब को अबसरमा सफलताको शुभकामना दिदै, अझैं निर्भिक ढंगबाट समाचारहरु सम्प्रेषण गर्ने ,समाजका सबै क्रियाकलापलाइ प्रसंसा मात्रै गर्ने होइन आलोचाना गर्ने तर्फ पनि कलम चलाउनु पर्ने मा जोड दिनु भएको थियो। विधालय भित्र राजनीति रंग छिर्नु हुँदैन ,खेकुद्लाई पर्यटन संग जोदिएर काम गर्नु पर्छ , प्राविधिक शिक्षालाई आवाशीय शिक्षा मा लाने, जिवनुपयोगी शिक्षालाई नयाँ एन मा आउनुपर्ने तयारि गर्नेमा जोड पनि दिनु भएको र देशलाई समृद्धि तर्फ अघि बढाउन संचार माध्यम को पनि अहम भूमिका रहन्छ। अहिले को समय मा बैंकले दिने लोन पनि लिन सक्ने अबस्था गाह्रो परेको बताउनु भएको थियो। उहाँले राष्ट्रिय समाचार समिति (रासस ) गण्डकी प्रदेश कार्यालय ,पोखरा को आबश्यक भवन र त्यसमा पनि व्यावसायिक रुपमा भवन बनाउन सकियो भने आर्थिक क्षेत्रमा सहयोग पुग्ने विश्वास गर्नु भएको थियो। कार्यक्रम को अध्यक्षता गर्नु भएका राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालय ,पोखरा का प्रमुख वासु देव पौडेल ले नेपाल समाचार समिति र सगरमाथा समाचार समिति गाभिएर २०१८ साल फागुन ७ गते रासस को स्थापना भएको र पोखरा मा झन्डै ३ रोपनी जग्गा मा रासस गण्डकी प्रदेश पोखरा कार्यालयको भवन बन्दै गरेको , रासस गण्डकी प्रदेश पोखरा कार्यालय ले २४ आई घन्टा समाजका विविध घटना मा आधारित खोजमुलक , सत्य ,तथ्य समाचारहरु प्रकाशन गर्दै आइरहेको बताउंदै ,७ वटै प्रदेश भरि को समाचार प्रकाशन मध्ये करिब २५ प्रतिशत समाचार प्रकाशन गरिरहेको जिकिर गर्नु भएको थियो। पत्रकार जमुना वर्षा शर्मा ले खोजमुलक समाचार प्रकाशन को लागि रासस आधार स्तम्भ तयार गरेको छ। रासस अझै पुरस्कृत र सुधार गर्दै लैजानु पर्ने मा जोड दिनुभएको थियो। अग्रज पत्रकार नारायण कार्की ले रासस को महत्व बढाउन राससलाई स्वायत संस्थाको रुपमा विकास गरिनुपर्दछ ,आलोचनात्मक समाचारहरु सम्प्रेषण गर्न पनि लाग्नु जरुरि छ ,बजारमुखी मात्र नभएर ग्रामिण समुदाय बसेर समाचर सम्प्रेषण गर्नु आबश्यक रहेको जिकिर गर्नु भएको थियो। रासस का पुर्व कार्यकारी अध्यक्ष कोमलनाथ बराल ले २०६६ साल बाट ,आफ्नै पालामा रासस ले अडियो शुरुवात गरेको हो , अन्तर्राष्ट्रिय स्तरको समाचार खोजि सरकारलाई रासस ले दिने गरेको छ ,अहिले सम्म राससले संघिय सरकार अनुसार जान सकेको छैन ,खोजमुलक समाचारहरु खोजि गर्नु पर्यो ,पर्यटन वृदि का लागि धार्मिक ,प्राकृतिक सम्पदाहरुको बारेमा कलम चलाउनु जरुरि भएको बताउनु भएको थियो। पत्रकार महासंघ कास्की का उपाध्यक्ष माधव रेग्मी ले राससले खवरदारी गर्नुपर्ने छ ,सुशासन कायम गर्ने हो भने समाचार बेच्ने होइन ,ठुला मिडियाले रासस को न्युज नहालेको अबस्था छ भन्दै राष्ट्रिय समाचार समितिको ६४ औँ वार्षिकत्सब अवसरलाई सफलताको शुभकामना दिनुभएको थियो। पत्रकार महासंघ कास्की का पुर्व अध्यक्ष विमला भण्डारी ले देशको समृद्धि मा रासस ले ६४ औँ बर्ष सम्म योगदान पुरयाएको  मा प्रशंसा गर्दै ,रासस ले ६४ बर्ष वार्षिकत्सब मनाउनु भनेको यो वार्षिकी अडिट हो , राससले अडिट गरे जस्तै अन्य मिडियाहरुले पनि यस्तो छलफल ,अन्तरक्रिया वार्षिकी रुपमा गर्न सक्ने क्षमता राख्नु पर्ने बेला आएको जिकिर गर्नु भएको थियो। रासस हिंड्ने मात्र होइन अझै दौडन तत्पर रहनु पर्ने हुन्छ, जस्ले गर्दा समाजमा घटेका सम्पूर्ण घटनालाई सकेसम्म समेट्ने तरिकाले कलम चलाउन सकियो भने समाजको वास्तविकता थाहा पाउन सकिने छ र देश समृद्धि तर्फ अघि बढ्न मद्दत मिल्ने छ , रासस को सफल अभ्यासले अन्य मिडियालाई पनि उत्प्रेरित बनाओस भन्दै रासस को ६४ औँ वार्षिकत्सब को सफलताको शुभकामना दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0