
काठमाडौँ,फागुन २१ गते
तेस्रो पक्षबाट योजना मूल्याङ्कन, अनुगमन टोलीले देखेका समस्या, सिकाइ, भोगाइ र सुझावमाथि अन्तरक्रिया सम्पन्न भएको छ ।
महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ७ सदस्यीय अनुगमन तथा मूल्याङ्कन समिति छ । महानगरपालिकाका दायित्व र क्षेत्रलाई ३ भागमा बाँडेर सहरी योजना आयोगका सदस्यहरुको संयोजकत्वमा ३ वटा अनुगमन टोली गठन गरिएको छ । यसरी गठित टोलीमा डा. सुरज काफ्लेको संयोजकत्वमा सुशासन तथा सामाजिक विकास अनुगमन, आर्किटेक्ट बाबुराम भट्टराईको संयोजकत्व पूर्वाधार तथा सम्पदा र सरस्वती मानन्धरको संयोजकत्वमा विपद व्यवस्थापन तथा वातावरण अनुगमन टोली रहेको छ । स्वास्थ्य विभाग, सहकारी विभाग, शिक्षा विभाग, वातावरण व्यवस्थापन विभागले आफूमातहतका कार्यालय र कामको अनुगमन गर्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

