
पोखरा २१ गते बुधबार,
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीको लागि वित्तिय साक्षरता कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेपाल बैंक लिमिटेड, विरौटा शाखा, पोखराको आयोजनामा भएको कार्यक्रममा शाखा प्रमुख अमृतबहादुर दर्जीले बैंकले प्रदान गर्ने सेवा सुविधा र बैंकिङ प्रणालीबारे जानकारी गराउनु भएको थियो ।
क्याम्पस प्रमुख धर्मराज बरालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै आधुनिक बैंकिङ सेवा बारे ज्ञान लिनुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक दुर्गानाथ पौडेलले गर्नुभएको थियो । कार्यक्रममा करिब १५० विद्यार्थी सहभागी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

