



मिति २०८१।११।२३ गते अं.१७:०० बजे जिल्ला कास्की पोखरा महानगरपालिका
वडा नं. १४ अनुपम टोल स्थितमा शंकास्पद गतिविधी भईरहेको भन्ने गोप्य सूचानाको
आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्र.उ.
श्याम बाबु ओलियाको कमाण्डमा संयुक्तरुपमा खटिएको प्रहरी टोलीले ५ जना
व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाईएको ।
उक्त स्थानमा जिल्ला पर्वत स्थायी घर भएका रुपेन्द्र जि.सी.को साढे ३ तलाको घरबाट
क्रिप्टो करेन्सी कारोवार, अनलाईन जुवा/ सट्टावाजी मा प्रयोग गरिएको भनिएका विभिन्न
ईलेक्ट्रोनिक डिभाईसको फेला परेको ।
•
• मोवाईल फोन- ३१
थान,
• कम्प्युटर मनिटर-
२ थान,
• कम्प्युटर CPU- ३
थान
• ल्याप्टप- ४ थान,
• I pad- १ थान,
• किवोर्ड- २ थान,
• माउस- १ थान,
• राउटर- ४ थान,
• पेनड्राईभ- ३ थान,
• हार्डडिक्स- १ थान,
• मल्टिपल्क- १ थान,
• चार्जर- ११ थान,
• USB पोर्ट
सहितको स्टेण्ड- १
थान,
• स्टेम्प छाप- १ थान
• नगद
रु.७२,५००।-
लगाएतका
सामानहरु बरामद
भएको ।
पक्राउ व्यक्तिहरुको विबरण
निजहरुले आफ्नो तथा आफन्तको नाममा विभिन्न बैंकहरुमा खाता खोली कारोवार
गरेको ।
Whats app, Telegram, cash app, chime app, USDT (Tether) मार्फत
तत्काल उपलब्ध डिटेलस अनुसार Gambling अन्तर्गत रु.१५,००,००,०००।– (पन्ध्र
करोड) र अभौतिक मुद्रा को १५,००,००,०००।– गरी रु.३०,००,००,०००।-
कारोवार भएको ।
दैनिक 3 shift खेलाउने, कम्तिमा एक सिफ्टको $ 3000 को दरले online
gambling गराउने गरेको ।
निजहरुलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा
सम्बन्धमा अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
सम्मानित जिल्ला अदालत बाट ७ दिन को म्याद थप भएको ।
सूचना अधिकारी
प्र.ना.उ.बसन्त कुमार शर्मा
जिल्ला प्रहरी कार्यालय,

