Home Top-Headline काठमाडौं महानगरपालिका ले ड्रोन प्रविधि प्रयोग गर्ने भएको छ

काठमाडौं महानगरपालिका ले ड्रोन प्रविधि प्रयोग गर्ने भएको छ

0

काठमाडौं, फागुन २६ गते

‘ड्रोन’ बाट आगलागी नियन्त्रण गर्न ‘तालिम’ र ‘प्रयोगात्मक अभ्यास’

काठमाडौं महानगरपालिकाले आगोलागी नियन्त्रण का लागि आगलागीका सम्भावित घटनालाई तत्काल नियन्त्रणमा लिन दमकल नपुग्ने स्थानमा ड्रोन प्रविधि प्रयोग गर्ने भएको छ।

तालिमको सैद्धान्तिक कक्षामा ड्रोन प्रविधि, यसलाई प्रयोग गर्नुअघि प्रोपेलरको परीक्षण र जडान, ड्रोन दर्ता र नियामक निकाय, सञ्चालन प्रक्रिया, प्रयोग गर्न नहुने र सञ्चार समन्वय गरेर मात्र प्रयोग गर्नु पर्ने अवस्था, आपतकालीन अवस्था व्यवस्थापनमा यसको प्रयोग, आगलानी नियन्त्रणमा प्रयोग हुने ड्रोनमा राखिने फायर इस्टिङ्ग्विसर बल, नियमन व्यवस्थापनसँग सम्बन्धित सरोकारवालालगायत विषयमा ज्ञान प्रदान गरियो । यस्तै फायर इस्टिङ्विसर बल राखिएको ड्रोनलाई आगलानी भएको ठाउँमा लैजाने र बल खसाल्ने विधिलाई अभ्यास गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here