काठमाडौं, फागुन २७ गते

मिति २०८१/११/२६ गते २३:०० बजेको समयमा जिल्ला काठमाडौं
गोकर्णेश्वर नगरपालिका वडा नं २ भाड गाउँ स्थित मिरा तामाङको घरमा डेरा
गरी बस्ने सुदन जोशीले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने
सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंको समन्वयमा प्रहरी वृत्त
स्वयम्भूबाट खटिएको प्रहरी टोलीले निजको कोठा रितपूर्वक खानतलासी गर्दा
तपसिलमा उल्लेखित हातहतियार र लागु औषध सहित निजलाई नियन्त्रणमा
लिई सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप
अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
साथै, निज सुदन जोशीको जिल्ला प्रहरी परिसर काठमाडौंबाट मिति
२०६१/०५/०१, २०६८/०३/२९ र २०६७/०५/१३ गते अभद्र व्यवहार
कसुरमा तथा मिति २०६८/०१/२५ गते लागु औषध कसुरमा एवं प्रहरी वृत्त
कालिमाटीबाट मिति २०७४/१२/०९ गते लागु औषध कसुरमा मुद्दा दर्ता भई
अनुसन्धान भएको समेत अभिलेखबाट देखिन आएको ।

पक्राउ प्रतिवादीः
१. जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं २० घर भई हाल
गोकर्णेश्वर नगरपालिका वडा नं २ भाड गाउँ स्थित डेरा गरी बस्ने वर्ष ३३ को
सुदन जोशी ।
बरामद दसीहरुः
१. पेस्तोल थान – १
२. म्याग्जिन थान – २
३. KF 7.65 लेखिएको गोली – १०(दश) राउण्ड

मिति
:२०८१।११।२७
गते

४. लागु औषध पोल्याण्ड – २५० ग्राम
५. लागु औषध Tramadol Hydrocholoride Capsules IP Tramol-50
लेखिएको एक पत्तामा १० पिस क्याप्सुल
६. काठले बनेको कालो रातो रङको MAPPLE लेखिएको उफर (Speaker)
थान – १
७. Lenovo लेखिएको ल्यापटप थान – १
८. डिजिटल तराजु थान – १
९. विभिन्न कम्पनीका मोबाइल थान – ७
१०. एप्पल कम्पनीको आई प्याड – १

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0