Home Top-Headline पोखरा मा: घरको कम्पाउन्डभित्र चितुवा भेटियो

पोखरा मा: घरको कम्पाउन्डभित्र चितुवा भेटियो

0

पोखरा ,चैत्र ५ गते

पोखरा महानगरपालिका वडा नं. ७ मा दिउँसोको समयमा घरमा भेटिएको छ । स्थानिय शोभा चन्द्र बरालको घरको कम्पाउन्ड भित्र चितुवा देखिएको हो । मंगलबार  दिउँसो करिब ३ बजे चितुवा देखिएको स्थानीयले डिभिजन वन कार्यालय कास्कीलाई जानकारी गराएका थिए।
सूचना प्राप्त भएपछि डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरि प्रसाद गौतमको नेतृत्वमा गएको टोलीले तत्कालै उद्धार प्रक्रिया अघि बढाएको थियो। टोलीले बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिँदै पचभैया वन्यजन्तु उद्धार केन्द्रमा स्थानान्तरण गरेको छ।
यस घटनापछि स्थानीयवासीहरूमा केही समय त्रास फैलिएको भए पनि चितुवा लाई सुरक्षित रूपमा उद्दार गरेपछि स्थिति सामान्य बनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here