
काठमाडौँ , चैत्र १८ गते लियो क्लब र लायन्स क्लब को संयुक्त आयोजना मा SEE कप फुटसल प्रतियोगिता हुने भएको छ।
लियो क्लब अफ काठमाडौँ युनाइटेड ब्राइट, लायन्स क्लब अफ काठमाडौँ युनाइटेड ब्राइट ३२५-आर, लायन्स क्लब अफ काठमाडौँ बेस्ट फ्रेन्ड्स, लायन्स क्लब अफ काठमाडौँ ग्रेसियस र लायन्स क्लब अफ काठमाडौँ ब्राइट फ्युचरसँग मिलेर निर्भाना फुटसल एकेडेमी, कुमारीपाटी,ललितपुर मा २०८१ चैत्र २८ गते देखि चैत्र ३० गते सम्म SEE कप फुटसल प्रतियोगिता हुने भएको छ। विजेताहरूका लागि आकर्षक नगद पुरस्कार रहेको आयोजक ले जनाएको छ। SEE कप फुटसल प्रतियोगिता मा विजेता को लागि : रु. २५,०००/-, प्रथम उपविजेता का लागि रु. १०,०००/- र द्वितीय उपविजेता: का लागि रु. ५,०००/-नगद प्रदान गर्ने भएको छ। प्रतियोगिता को लागि दर्ता शुल्क रु रु. २,५००/- भनिएको आयोजक ले जनाएको छ। खेल दर्ता अनलाइन वा भौतिक रूपमा गर्न मिल्ने गरि अन्तिम मिति २०८१ चैत्र २३ गते सम्म राखेको आयोजक ले जनाएको छ। SEE दिएर बसेका भाइ बहिनिहरुका लागि खेल खेल्न का लागि दर्ता आह्वान समेत गरिसकेको छ। आज खेलकुद विद्यार्थीहरूको समग्र विकास र विकासको लागि आवश्यक छ। विभिन्न खेलहरू खेल्दा उनीहरूलाई जीवन कौशलहरू जस्तै टीमवर्क, नेतृत्व, जवाफदेहिता, धैर्यता र आत्म-विश्वास सिकाउन मद्दत गर्दछ र उनीहरूलाई जीवन चुनौतीहरूको सामना गर्न तयार गर्दछ।खेलकुदले विद्यार्थीहरूलाई सानैदेखि बलियो मानसिक र शारीरिक आधार विकास गर्न मद्दत गर्छ।

