
पोखरा , चैत्र १८ गते
गण्डकी प्रदेश सभाको सातौँ अधिवेशनको चौधौँ बैठक मिति २०८१/१२/१८ गते विहान ११ बजे गण्डकी प्रदेश सभाका सभामुख माननीय श्री कृष्ण प्रसाद धितालज्यूको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा विपक्षी दलका नेता माननीय श्री हरि बहादुर चुमानले सभालाई सम्बोधन गर्नुका साथै शून्य समयमा माननीयज्यूहरुले विभिन्न विषयवस्तुहरु उठाउनुभएको थियो । त्यसै गरी माननीय मन्त्री विन्दुकुमार थापाले विभिन्न मितिको समयमा उठेका प्रश्नहरुको जवाफ दिनुको साथै गण्डकी प्रदेशमा जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक बारेमा सैद्धान्तिक छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

