पोखरा ,चैत्र २० गते

मिति २०८१।१२।२० गते जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा केन्द्र
जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा गण्डकी प्रदेश सरकारका माननीय
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूको प्रमुख आतिथ्यतामा लागू औषध नियन्त्रण महाअभियान
२०८१/०८२ शुभारम्भ कार्यक्रम सम्पन्न गरिएको छ ।
कास्की जिल्लामा लागू औषध दुर्व्यसनलाई नियन्त्रण गर्न, लागू औषधीको कारोवार तथा
विक्रिवितरण, ओसार पसारलाई नियन्त्रण गर्न र समाजमा सचेतना मूलक विभिन्न
कार्यक्रमहरु गरी जनचेतना अभिबृद्धी गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कास्की र
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा लागू औषध
नियन्त्रण महाअभियान २०८१/०८२ कार्यक्रम तथा जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं. ९ पृथ्वीचोकबाट बाजागाजा, प्लेकार्ड सहित अन्दाजी १५००
जनाको सहभागितामा बृहत प्रभातफेरी कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथीज्यूले लागू औषध दुर्व्यसनी पछिल्लो समयमा युवा
जगतका व्यक्तिहरु बढी लागि रहेको हुँदा पहिलो दायित्व आफ्ना आमा बुवा, छरछिमेकले
आफ्ना बाबुनानीले के गर्दै छन्, कस्तो संगत गर्दै छन् भन्ने कुराको जानकारी लिनु पर्ने र
तिनिहरुलाई माया ममता, स्नेह तथा अपनत्तो हुने गरी बढी परिवारमै घुलमिल गराउनु
पर्ने लगायतको धारणा व्यक्त गर्नु भयो भने यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम
बाबु ओलियाले कास्की जिल्लामा लागू औषधको पछिल्लो अवस्थाको बारेमा जानकारी
गराउनु हुँदै यस महाअभियानमा विभिन्न शिर्षकमा ४७ वटा गतिविधि समेटिएका र
यसलाई ६ महिने महाअभियानको रुपमा लैजाने धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथी माननिय गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा
तथा खेलकुद मन्त्री माननिय विन्दु कुमार थापाज्यू, पोखरा महानगरपालिका मेयर श्री
धनराज आचार्यज्यू, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री भरतमणी पाण्डेज्यू
लगायतले बोल्नु भएको थियो । कार्यक्रममा पोखरा नाटक घरबाट लागू औषध दुर्व्यसनी
सम्बन्धी सडक नाटक प्रस्तुत गर्नु भएको, त्यसैगरी कास्की मोडोनाईज एकेडेमीका
विद्यार्थीभाईवहिनिहरुले स्वागत नृत्य प्रस्तुत गर्नु भएको थियो भने हाम्रो परिवार नेपाल
लागू औषध सुधार केन्द्रका संचालक शिव न्यौपाने आफु लागू औषधको दुर्व्यसनीमा
फस्दाको अवस्थामा भोग्नु परेको पीडा समेत प्रस्तुत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0