काठमाडौँ, चैत्र २४ गते

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलले १५ मुनीका भलिबल तथा कबड्डी खेलाडीहरुलाई खेल समाग्री तथा पोशाक वितरण गर्नु भएको छ। कन्चनपुरको महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सदस्य सचिव घिसिङले खेलाडी छात्रवृत्ती अन्तर्गत छनौट भएका खेलाडीहरुलाई समाग्री प्रदान गनुभएको हो।
परिषद् अन्तर्गत खेलकुद विज्ञान प्रतिष्ठानले सुदुरपश्चिम प्रदेशका खेल प्रतिभाको खोजी गरि छनौट भएका ५६ जना खेलाडी र ४ जना प्रशिक्षकलाई सामाग्री हस्तान्तरण गरिएको हो। भलिबल र कबड्डीका समान १४/१४ जना छात्र र १४/१४ जना छात्रा खेलाडी छनौट भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0