पोखरा ,बैशाख ४ गते

मिति २०८२।०१।०२ गते अं.१५:३० बजेको समयमा जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं.२६ विजयपुर स्थितमा लागू औषध कारोवार भई रहेको भन्ने
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार
कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला सर्लाही स्थाई वतन भई हाल जिल्ला कास्की
पोखरा म.न.पा. वडा न.१४ चाउथे बस्ने बर्ष ४३ को विक्की परियार र जिल्ला पर्वत स्थायी
वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.०५ जिरो कि.मी. बस्ने बर्ष ३८ को
ओम बहादुर नेपालीलाई खानतलासी गर्दा निजहरुको साथबाट लागू औषध खैरो हेरोइन
(ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ४.९० ग्राम, विभिन्न कम्पनीका मोवाईल २ थान र
नगद रु.१७,९००।- समेत बरामद भएको हुँदा निजहरुलाई नियन्त्रणमा लिई सम्मानित
कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी
अनुसन्धान प्रकृया अगाडी बढाईएको । जिल्ला प्रहरी कार्यालय, कास्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0