पोखरा ,बैशाख ६ गते
मिति २०८२।०१।०६ गते जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा नेपाल प्रहरी संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक दिपक थापाज्यूको प्रमुख आतिथ्यतामा नयाँ वर्ष २०८२ सालको शुभकामना आदान प्रदान तथा बधाई कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ स्थित रहेको बरपिपल रिसोर्टको सभाहलमा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भिम पराजुलीज्यूको अध्यक्षतामा स्थानिय जनप्रतिनिधिज्यूहरु, विभिन्न सामुदायिक सेवा केन्द्रहरुका पदाधिकारीहरु, संघ संस्थाका प्रमुख तथा पदाधिकारीहरु, स्थानिय आमा समूह, क्लब, भद्रभलाद्मी, बुद्धिजिवीहरुको उपस्थितीमा नव नियुक्त हुनु भएका संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक दिपक थापाज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना तथा नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथिज्यूले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न प्रहरीले मात्र एक्लै सम्भव नरहेको हुँदा स्थानिय समुदाय, संघ सस्था, विभिन्न आमा समूह, क्लव, विद्यालय तथा स्थानिय तहको समन्वय र सहकार्य मुख्य भुमिका रहेको हुँदा विभिन्न सचेतना मूलक कार्यक्रम गरी जनचेतना अभिवृद्धी गर्ने र समाजमा घट्ने जुनसुकै घटनाको जानकारी तुरुन्त प्रहरीलाई गराई अपराधिलाई कानूनी दायरामा ल्याउन समुदायिक प्रहरी सेवा केन्द्र तथा स्थानिय तहको महत्वपुर्ण भुमिका रहने धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा अन्नपुर्ण गाँउपालिका अध्यक्ष विष्णु बहादुर के.सि.ज्यू, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्येज्यू, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाज्यू, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष गंगा थापाज्यू लगायतले शुभकामना मन्त्व्य राख्नु भएको थियो भने यस कार्यालयका प्र.व.ना.नि. होत बहादुर रोकाहाले Proactive policing अन्तर्गत कास्की जिल्लामा भएका विभिन्न गतिविधिहरुको प्रस्तुतिकरण गर्नु भएको र संस्थाका सचिव मनपति भण्डारीले कार्यक्रम संचालन गर्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0