काठमाडौँ ,बैशाख १३ गते
आसरा सुधार केन्द्र रानीबारीको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको समन्वयमा “मानसिक स्वास्थ तथा लागूऔषध सम्बन्धी मनोपरामर्श अभियान कार्यक्रम हिजो सम्पन्न भएको छ ।
यस संघका अध्यक्ष श्रीमती रुपा थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका उपाध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, तथा कार्यसमितिका पदाधिकारीज्यूहरु, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा कार्यरत प्रहरी अधिकृतज्यूहरु तथा अन्य प्रहरी कर्मचारीज्यूहरु समेतको उपस्थितिमा रहेको थियो ।
कार्यक्रमलाई सम्बोध गर्दै संघका अध्यक्ष श्रीमती रुपा थापाज्यूले आफ्नो प्रेरणादायी मन्तव्य व्यक्त गर्नुका साथै केन्द्रका परामर्शदाताहरुबाट “मानसिक स्वास्थ तथा लागूऔषध सम्बन्धी मनोपरामर्श” सम्बन्धी सचेतनामूलक कक्षा संचालन पश्चात उक्त प्रतिष्ठानका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माज्यूबाट धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो । स्रोत : Nepal Police Wives Association-NPWA (नेपाल प्रहरी श्रीमती संघ)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0