पोखरा ,बैसाख १६ गते
माछापुच्छ्रे बैंक लि. र सि.बि.एल. मनी ट्रान्सफर बीच रेमिट्यान्स सेवा सम्झौता भएको छ ।
विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लि. ले मलेसियास्थित सि.बि.एल. मनी ट्रान्सफरसंग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंक लि. ले मलेसियामा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ मलेसियास्थित सि.बि.एल. मनी ट्रान्सफरसंग सहकार्य गरि मिति २०८२/०१/१५ गते सोमबार देखि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो । रेमिट्यान्स सम्बन्धि उक्त सम्झौतापत्रमा सि.बि.एल. मनी ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंक लि. का नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गर्नुभएको हो । स्रोत ;Machhapuchchhre Bank
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0