काठमाण्डौ,बैसाख १६ गते
“ट्राफिक व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक तालिम समापन”
————————————————
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र काठमाण्डौ महानगरपालिका काठमाण्डौको समन्वयमा काठमाण्डौ महानगर प्रहरी बलमा कार्यरत नगर प्रहरी हवल्दार तथा नगर प्रहरी जवानहरूका लागि मिति २०८१।११।१८ गते देखि सञ्चालन भएको ट्राफिक व्यवस्थापन सैद्धान्ति तथा व्यवहरीक तालिमको आज मिति २०८२।०१।१६ गते, राष्ट्रिय सभा गृहमा यस काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेज्यूको प्रमुख आतिथ्यतामा काठमाण्डौ महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेज्यू, महानगर प्रहरी बलका नगर प्रहरी अधिकृतज्यूहरू लगायत प्रहरी अधिकृत प्रशिक्षक वर्गहरूको उपस्थितिमा तालिम सम्पन्न भयो । सो तालिम ३ चरणमा ६०/६० जनाको समूहमा सञ्चालन गरिएको थियो । जसमा जम्मा १८० जना (नगर प्रहरी जवान- १२७ जना र नगर प्रहरी हवल्दार- ५३ जना मध्ये ५५ जना महिला प्रशिक्षार्थीहरू) सहभागी प्रशिक्षार्थीहरू मध्येबाट टोली कमाण्डरलाई प्रमाण-पत्र प्रदान गर्दै तालिमका दौरानमा हासिल गरेका सैद्धान्तिक तथा व्यवहरिक ज्ञान र सिपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गरी जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरी र महानगर प्रहरीको भूमिका रहेको बताउदै आवश्यक निर्देशन सम्बोधन प्रदान गर्नु भयो ।स्रोत : Metropolitan Traffic Police Division
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0