
काठमाडौँ , बैसाख १८ गते
शिक्षामा काठमाडौँ महानगरपालिकाका नवप्रवर्तन सोच सम्बन्धी नीति र अभ्यासमा गोलमेच छलफल सम्पन्न : आपसी ज्ञान र बुझाइ आदानप्रदान भएको छ।
काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको बुक फ्री फ्राइडे कार्यक्रम नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यक्रम रहेको निष्कर्ष निकालिएको छ । काठमाडौँ महानगरपालिकाले युनिसेफ, युरोपियन युनियन, वेलायत सहयोग कार्यक्रम, कारखाना समूहसहितका साझेदारसँगको सहकार्यमा जनकल्याण माध्यमिक विद्यालय, बौद्धको वहुउद्देश्यीय सभा कक्षमा आयोजना गरेको ‘नव प्रवर्तनका कोणबाट शैक्षिक नीति र अभ्यासको अनुकल र प्रतिकुल परिस्थिति’ विषयक गोलमेचबाट यस्तो निष्कर्ष आएको हो ।स्रोत : काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

