पोखरा ,बैसाख २५ गते

श्री कृष्णदल गणको जिम्मेवारी क्षेत्र कास्की जिल्लामा पर्यटन व्यवसाय तथा गतिविधिलाई प्रवर्धन, पर्यटनहरुको सुरक्षा तथा पर्यावरण सन्तुलनमा योगदान दिने उद्देश्यले स्थानीय सरोकारवालासंग हातेमालो गरी पश्चिम पृतनाका पृतनापति उपरथी श्री मधुकर सिंह कार्कीज्यूको “पदयात्रा मार्ग सरसफाई अभियान“ को अवधारणा र श्री नं.३ वाहिनी अड्डाको निर्देशन बमोजिम फुलवारी व्यारेकमा अवस्थित श्री कृष्णदल गणले विश्वमै पदयात्राको लागि पख्र्यात अन्नपूर्ण पदयात्रा मार्ग यहि बैशाख २१ गतेदेखि ऐ.२५ गतेसम्म संचालन गरेको । श्री कृष्णदल गणका गणपति प्रमुख सेनानी श्री राजेन्द्र पुडासैनीको नेतृत्वमा उक्त सरसफाई अभियान संचालन भएको । उक्त अभियानमा पख्र्यात अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण गाउँपालिकाको झिनु, छोम्रोङ्ग, तल्लो छोम्रोङ्ग, सिनुवा, देउराली, बाम्बो ईलाकामा संचालन गरेको । सरसफाई अभियानको क्रममा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (ब्ऋब्ए) का प्रतिनिधि, स्थानीय होटल व्यवसायी, आमा समुह तथा स्थानीयहरुको उल्लेखनीय मात्रामा संलग्नता रहेको । सरसफाई अभियानको अन्तिम दिन सरसफाईका क्रममा संकलित करिव २९० के.जि. प्लाष्टिकजन्य फोहोर एक कार्यक्रम बिच सरसफाई अभियानको नेतृत्व गरेको श्री कृष्णदल गणका गणपति प्रमुख सेनानी राजेन्द्र पुडासैनीले अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान गुरुङ्गको उपस्थितिमा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना छोम्रोङ्गका प्रमुख नेत्र शर्मालाई हस्तान्तरण गर्नु भएको । नेपाली सेनाको अगुवाईमा संचालन भएको उक्त कार्यक्रमको स्थानीय जनप्रतिनिधि, होटल व्यवसायी, स्थानीय बासिन्दा, आमा समुह तथा ब्ऋब्ए को कर्मचारीहरुले मुक्तकण्ठले प्रशंसा गरेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0