पोखरा,भदौ १३ गते
नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व गाईजात्रा पोखराको पुरानो बजार क्षेत्रका विभिन्न टोलमा परम्परागत रूपमा मनाइएको छ । भीमसेन टोल, गणेश टोल, भैरव टोल, मोहोरिया, रामकृष्ण टोल लगायतका क्षेत्रमा स्थानीय नेवार समुदायले बाजागाजासहित गाईजात्रा निकालेका हुन् । पोखराको अन्य क्षेत्रमा बसोबास गर्ने नेवार समुदायहरुले पनि आफ्नो टोलमा गाईजात्रा पर्व मनाएका छन् ।
वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झनामा निकालिने गाईजात्रामा मृतकको तस्वीर तथा विभिन्न सामग्रीसहित जात्रा निकालिएको थियो । जात्रामा परम्परागत भेषभूषा, बाजागाजा तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिएका थिए । गाईजात्राले मृत्यु जीवनको शाश्वत सत्य भएको सन्देशसँगै शोकमा रहेका परिवारलाई सामाजिक रूपमा सान्त्वना दिने मान्यता बोकेको छ ।
पोखरामा गाईजात्रा पुरानो बजार क्षेत्रका नेवार समुदायको मौलिक संस्कृति र पहिचानसँग जोडिएको पर्वका रूपमा मनाइँदै आएको छ । पछिल्लो समय जात्राले धार्मिक तथा सांस्कृतिक महत्वसँगै सामाजिक विकृति र विसंगतिमाथि व्यंग्य गर्ने अवसरका रूपमा समेत निरन्तरता पाउँदै आएको छ । पर्वका अबसरमा नानगर प्रमुख धनराज आचार्यले शुभकामना समेत व्यक्त्त गर्नु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0