
पोखरा,जेठ २ गते
“सबै मौसमका लागि पर्यटन ” भन्ने नाराका साथ समग्र पर्यटन प्रवर्दन गरी अन्नपूर्ण आधारशिविरमार्गको पूर्वाधार विकासको प्रयोजनार्थ अन्नपूर्ण आरोहण दिवस अर्थात् जुन थर्डको सन्दर्भ मा अन्नपूर्ण आधारशिविर (४१३० मिटर) बाट आरम्भ भई माध्छापुच्छे आधार शिविर, बगर, देउराली, हिना केभ, हिमालय, दोभा बम्यो, सिनुया, भनुवा, छोम्रोङ, तउनु, घुर्जुङ, पुईले, मेलांचे, कोम्रोङडाँडा, कि बैउराली, किन्त हुदै घान्दुक (श्री मेश्राम बराह मा.वि.को खेल मैदान) सम्म ४२१९४ किमी) म्याराथन रुट निर्धारण गरी अन्नपूर्ण म्याराथन सफलतापूर्वक यहि जेठ २० गते मंगलबारका दिन अन्नपूर्ण म्याराथन २०८२ (पाँचौं संस्करण आयोजना हुने भएको छ।महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा रहने अन्नपूर्ण म्याराथन २०८२ सहभागिताका लागि स्वदेशी तथा विदेशी धावकहरुले नाम दर्ता गराउने क्रम जारी रहेको र १० विदेशी धावकसहित हालसम्म ६० धावकहरुले आ-आफनो नाम दर्ता गराइ सकेका पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो । दर्ता शुल्क रु ७,०००/- छ भने प्रथम पुरस्कार रु १५०,०००/-,द्वितीय पुरस्कार रु १००,०००/- र तृतीय पुरस्कार रु ७५,०००/- रहेको र धावकहरुले नाम दर्ता यहि जेठ १५ गते सम्म गरिसक्नु पर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। अन्नपूर्ण म्याराथन मा सुरक्षा को विशेष व्यबस्था गरियको अन्नपूर्ण सेन्चुरी पर्यटन समिति का अध्यक्ष श्री ललित गुरुङ ले बताउनु भएको थियो।

