
पोखरा ,जेठ ११ गते
नेपाल पत्रकार महासङ्घ कास्की को आयोजनामा “डिजिटल साक्षरता” सम्बन्धी तालिम शुभारम्भ भएको छ । उक्त तालिम आज जेठ ११ गते देखि १३ गतेसम्म नेपाल पत्रकार महासङ्घ कास्की को सभाहलमा संचालन हुने भएको छ। NIMJN का संस्थापक श्री रजनीश भण्डारी ले तालिम को प्रशिक्षण दिनु भएको थियो। तालिमको समुद्दघाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको छ । तालिम मा करिब ३० भन्दा बढी पत्रकारहरु सहभागी रहनु भएको थियो। प्रमुख धनराज आचार्यले प्रविधिको प्रयोग अहिले वर्तमान समय मा उच्च रुपमा प्रयोग भैरहेको छ। पत्रकारहरु हरेक दिन अपडेट हुनुपर्छ। अहिले हामि बजेट को क्षण मा छौं। पोखरा महानगरपालिकाका ले पत्रकार महासंघ संग के कस्तो सहकार्य गर्न सकिन्छ ,हाम्रो प्रयास रही रहने छ। अहिले डिजिटल प्रविधिको युगमा पत्रकारहरु प्रविधिको प्रयोग संगै अपडेट भैरहनु पर्दछ। पत्रकारहरुले खबरदारी राज्य तहलाई गर्दै आउनुपर्दछ। हामि सरकार भएकाले सबै संग सहकार्य गर्दै आइरहेका छौं। हामीले सबै क्षेत्र लाइ जेठ २० गते अगावै आफ्ना महत्वपूर्ण प्रस्तावहरु पेश गर्न आवाहन पनि गरिसकेका छौं , क्रियाशील सञ्चारकर्मीहरूको क्षमता विकास गर्दै डिजिटल साक्षरता अभिवृद्धिका लागि पोखरा महानगरपालिका प्रतिबद्ध रहेको र “डिजिटल साक्षरता” सम्बन्धी तालिम फलदायी रहोस भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो।

