पोखरा,जेठ १३ गते
पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित डिजिटल साक्षरता सम्बन्धी तालिम को दोस्रो दिन पुरा संगसंगै “Media and Information Literacy” विषयक तालिम पनि सम्पन्न भएको छ।
तालिम को दोस्रो दिन मा नागरिक दैनिक का बरिस्ठ पत्रकार सन्तोष पोख्रेल ले सहि समाचार र मिथ्या समाचार बारे प्रकाश पार्नु भएको थियो। साक्षर मानिसले शिर्षक पढेर, लेखक चिनेर ,सुचना को मिति हेरेर ,भाषा शैली हेरेर मिडिया चिन्ने गर्दछन। मिथ्या सूचनाका असर को कारण बाट मान्छेमा सूचनाप्रतिको अविश्वास बढ्छ, सञ्चारमाध्यमप्रतिको विश्वास घट्छ,लोकतान्त्रिक प्रणालीमा अविश्वासको वातावरण सृजना हुन्छ,द्वेष, हिंसा, अशान्ति फैलिन सक्छ, नागरिकमा अन्योल, निर्णय क्षमतामा असर पर्न सक्छ,गलत जानकारीले सही विचार, संवाद, बहस प्रभावित गर्छ,तर्कनिरपेक्ष भावनात्मक प्रतिक्रिया बढ्न थाल्छ भनि बताउनु भएको थियो। उहाँले सामान्य व्यक्ति देखि प्रतिष्ठित संस्थासम्मले,जानाजानी वा नजानिँदो रूपमा राजनीतिक दल, नेताहरू, पत्रकार, शिक्षक आदिले मिथ्या सूचना फैलाउन सक्छन भनि बताउनु भएको थियो। पत्रकार सन्तोष पोख्रेल ले श्रोतको जानकारी नपाउँदा, लाइक र सेयर गर्नाले ,सूचनाको विश्वसनीयता पुष्टि नगर्ना ले , हेरौं नत्र त अरुले पनि हेर्छन् भन्ने सोच आदिको कारण बाट मिथ्या सुचनाहरु फैलिने गरेको तालिम मा बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0