पोखरा ,जेठ १८ गते

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा ले जुन ७ मा  विश्व खाद्य स्वच्छता दिवस २०८२ मनाउने तयारी गरेको आजको पत्रकार सम्मेलन मा जानकारी गराएको छ।  खाद्य स्वच्छता को महत्वलाई आमजनमानसमा पुर्याउन विभागले १७ वर्ष अघि वि.स. २०६५ देखि सुरु गरेको खाद्य स्वच्छता दिबसको अभियानलाई समर्थन हुने गरि खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संगठन को प्रस्तावमा सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त, राम्ट्र संघको महासभाले हरेक वर्ष जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय भइ सन् २०१९ देखि हरेक वर्ष जुन ७ का दिन विधभर विविध कार्यक्रम साथ विध खाद्य स्वच्छता दिवस मनाइदे आएको छ । यस वर्ष पनि खाद्य पदार्थमा स्वच्छता विज्ञानको अपरिहार्यता (Food safety, science in action)” भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवस २०८२ मनाउन गइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा ले सम्मेलन मा जानकारी गराएको छ। WHO का अनुसार अस्वच्छ खाद्य पदार्थको उपभोगका कारण मानिसलाई झाडापखाला देखि क्यान्सर सम्मका विभिन्न २०० भन्दा बढी किसिमका रोगहरु लागेको छ । यस्तै विश्वमा औसतमा १६००००० मानिसहरु हरेक दिन अस्वच्छ खाद्य पदार्थका कारण विरामी परेको पाइन्छ  र यसले देशको आर्थिक बोझ पनि बढाउदछ । यसै सन्दर्भमा खाद्य स्वच्छताको महत्व तथा अस्वच्छ वाघ पदार्थचाट हुन सक्ने जोखिमहरुको नियन्त्रण गर्न विज्ञानको महत्वपूर्ण भूमिका रहन्छ भने दृष्टान्त गर्नका लागि यस वर्षको खाद्य स्वच्छता दिवस Food Safety “science in action” भन्ने नारा सहित मनाउन लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा ले जानकारी गराएको छ । “use of scientific knowledge as key to reducing illness, cutting costs and saving lives”यस सन्दर्भमा “खाद्य पदार्थगा स्वच्छता, विज्ञानको अपरिहार्यता नाराका सहित विश्व खाद्य स्वच्छता दिवसको अवसरमा २०८२ जेट १८ देखि २४ सम्म सप्ताहव्यापी रुपमा खाद्य स्वच्छता सम्बन्धि निम्न कार्यक्रमहरु संत्रचालन गर्ने भएको छ ।

२०८२/०२/१८ – व्यानर टाँस्ने, प्रेस मिट, कार्यालय परिसर तथा प्रयोगशाला सरसफाई

२०८२/०२/१० खाद्य पदार्थमा रङ्गको प्रयोग, मसिले लेखिएको कागजहरुमा खाद्य पदार्थको सिधा सम्पर्क गर्न नहने

सम्बन्धमा स्थानीय तहको सहकार्यमा जनचेतना अभिवृद्धि कार्यकम

२०८२/०३/२० लेक साइड स्थित रेस्टुरेन्टहरुको अनुगमन निरीक्षण

२०८६/०२/२१ पोखरामा रहेका बसपार्क वरपरका होटल रेस्टुरेन्ट, खाद्य बजारहरुको अनुगमन निरीक्षण

२०८२/०२/२२ १ २३ स्कुल तथा कलेजहरूमा खाध स्वच्छता तथा पोषण सम्बन्धि सचेतना कार्यक्रम

२०८२/०२/२४ खाद्य स्वच्छता दिवस कार्यक्रम मनाइने भएको पत्रकार सम्मेलन मा जानकारी गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0