काठमाडौँ ,जेठ ३० गते
महानगरपालिकाबाट विशेषज्ञ मानसिक स्वास्थ्य सेवा सुरु : हरेक आइतबार र बुधबार स्वास्थ्य प्रवर्धन केन्द्र बबरमहलमा परीक्षण
काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले विशेषज्ञ मानसिक स्वास्थ्य सेवा सुरु गरेको छ । वडा नम्बर ११ बबरमहलको सहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाट आजदेखि तनाव, एङ्जाइटी, डिप्रेसन, रक्सी तथा लागु पदार्थको कुलत जस्ता समस्या समाधानका लागि सेवा सुरु गरिएको हो । यो सेवा हरेक आइतबार र बुधबार विहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क सञ्चालन हुनेछ । स्रोत :काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0